नक्कली हस्ताक्षर गरी जनता बैंकबाट २० लाख रकम चोरी गर्ने ६ जना प्रहरीद्वारा सार्वजनिक

  २०७६ मंसिर ११ गते १५:१२     विकासन्युज

काठमाडौं । जनता बैंकबाट रकम चोरी गर्ने आरोपमा पक्राउ परेका ६ जनालाई प्रहरीले सार्वजनिक छ । महानगरीय प्रहरी परिसर काठमाडौंले बुधबार पत्रकार सम्मेलन गरीे विभिन्न बैंकमा खाता खोली अरुको हस्ताक्षर नक्कल गरी लाखौँ रुपैयाँ निकाल्ने ६ आरोपीलाई सार्वजनिक गरेको हो ।

पक्राउ पर्नेमा काभ्रे पाँचखालका सुभाष श्रेष्ठ, कुमार तामाङ, मनिष घिमिरे, अन्जन बराल, बाग्लुङ गलकोटका सुमन पौडेल र सिन्धुपाल्चोकका गोविन्द घिमिरे रहेका छन् । प्रहरीका प्रवक्ता डीएसपी होविन्द्र बोगटीले जनता, एनाआईसी र मुक्ति विकास बैंकका कर्मचारीमाथि अनुसन्धान गरिरहेको छ ।

जनता बैंकमा व्यक्तिको खातामा रहेको १९ लाख ९९ हजार रुपैयाँ निकालिएको  प्रहरीले बताएकाे छ। प्रहरीकाे  अनुसन्धानले ५ लाख रुपैयाँका २ वटा चेक र ९ लाख ९९ हजार रुपैयाँको एउटा चेकमार्फत् उक्त रकम निकालिएको थाहा भएकाे छ। जनता बैंकमा  गोपालमान राजबाहकको नाममा रहेको खाताबाट उक्त रकम निकालिएको हो ।

५ लाख रुपैयाँको चेक अनिल कार्कीको नाममा काटिएको छ भने अर्को ९ लाख ९९ हजार रुपैयाँको चेक जनता बैंकमै रहेको तेजबहादुर भुजेलमा नाममा काटिएको र उनकै नामकै खातामा डिपोजिट भएको छ । यसरी खाताबाट पैसा चोरिएको थाहा पाएपछि राजवहाकले प्रहरीलाई उजुरी गर्छन् र प्रहरीले जनता बैंकमा रहेको उनको खाता रोक्का गरिदिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.