नेपाली उद्योगमा लगानी बढ्दै, २५ खर्ब ५१अर्ब लगानीका चार लाख उद्योग दर्ता

  २०७६ मंसिर ९ गते १३:०६     विकासन्युज

काठमाडाैं । पछिल्लो समय नेपाली उद्योगहरुमा लगानी बढ्दै गएको छ । लगानीकर्तालाई सहजीकरण, उद्योग लगानीमैंत्री वातावरण, व्यवस्थापन तथा संरचना निर्माणले उद्योगमा लगानी बढ्दै गएको हो । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तर्गतको उद्योग विभागका अनुसार हालसम्म नेपाली उद्योगमा २५ खर्ब ५१अर्ब लगानी भएको छ ।

ठुला, मझौला, लघु घरेलु तथा साना र लगानी बोर्डमा दर्ता भएका गरी ४ लाख एक हजार ६ सय ६६ उद्योग दर्ता भएका छन् । चालु आवको पहिलो चौमासमा १३ हजार एक सय १६ उद्योगहरू थपिएका छन् । उद्योग विभागले पाँचौ उद्योग दिवसका अवसरमा सोमबार प्रस्तुत गरेको तथ्याकंका अनुसार पछिल्लो समय उद्योगमा लगानी बढ्दै गएको देखिएकाे हाे ।

यस्तै चालु आर्थिक वर्ष २०७६/०७७ को प्रथम चौमासिकमा ८२ अर्ब ५७ करोड रुपैयाँ विदेशी लगानी स्विकृति गरिएको विभागले जनाएको छ । चालु आवको यो अवधिमा वैदेशिक लगानीका एक सय चार उद्योगमा ८५ अर्ब ५७ करोड लगानी प्रतिवद्धता भएको छ । गत आवको चालु आवसम्म उर्जामूलक, उत्पादनमूलक, कृषि वन तथा पैदावरमा आधारित, निर्माण, पर्यटन, सेवामूलक, खनिज र सूचना प्रशासन तथा सञ्चार प्रवधिमा आधारित गरी कुल ४ हजार ८ सय २२ उद्योगहरु विदेशी लगानीमा स्विकृत भएका छन् ।

विभागले यो अवधिसम्म धेरै प्रगति तथा सुधारका काम गरेको बताएको छ । विभागले हालसम्म संरचनागत सुधार, प्रकृयागत सुधार, नीतिगत सुधारहरु गरेको बताएको छ । विभागले पाँचौं उद्योग दिवसका अवसरमा प्रस्तुत गरेको प्रतिवेदनका अनुसार राजनैतिक स्थिरता र सरकारको स्थायित्व, लगानीमैन्त्री ऐन, ऊर्जाकाे  पर्याप्तता, औद्योगिक पूर्वाधारमा प्राथमिकताका साथ सरकारको लगानी बृद्धि यस क्षेत्रका सवल पक्ष भएको बताएको छ ।

नेपाल घरेलु तथा साना उद्योग महासंघकी उपाध्यक्ष शोभा गुरूङले उत्पादनमूलक उद्योग धेरै भएपनि सरकारले त्यसलाई कसरी विकास गरिन्छ भनी अध्यन गर्न नसकेको बताइन् । उनले सरकारले दिने सेवा सुविधामा पनि ढिलासुस्ती भएका कारण काममा सुस्तता आउने गरेको बताइन ।

उद्योग वाणिज्य महासंघका उपाध्यक्ष किशोर प्रधानले बैंकको उच्च ब्याजदरको कारण उद्योगमा समस्या आएको बताए । उनले निजी क्षेत्रलाई प्रोत्साहन गरेर अगाडी बढे सरकारले लिएको सुखी नेपाली सम्वृद्ध नोपल नारा पुरा हुने बताए । स्वदेशमा उत्पादन भएका सामग्रीलाई सरकारले प्रोत्साहन दिनु पर्ने उनको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.