नेपालमा लगानी गरि आर्थिक फाईदा लिन अमेरिकी लगानीकर्ताहरुलाई आग्रह

  २०७६ मंसिर ६ गते १६:१३     विकासन्युज

काठमाडाैं । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्वा गुरुङले नेपालमा लगानी गरि आर्थिक फाईदा लिन अमेरिकी लगानीकर्ताहरुलाई आग्रह गरेका छन् । हाल अमेरिकाको भ्रमणमा रहेका मुख्यमन्त्री गुरुङले अमेरिकाको वाशिङटन राज्यका गर्भनर जे इन्सुली संगको दुई पक्षीय भेटका क्रममा सो आग्रह गरेका हुन्।

दुई पक्षिय भेटमा मुख्यमन्त्री गुरुङले भौगोलिक रुपमा नेपाल विश्वका दुई ठूला अर्थतन्त्र चीन र भारतकोबीचमा रहेकाले नेपालमा लगानी गरि प्रचूर आर्थिक फाईदा लिन आग्रह गरेका छन् ।

नेपालमा खास गरि पूर्वाधार निर्माण जलविधूत, कृषि, स्वच्छ ऊर्जा, पर्यटन, जडिवुटी र वनस्पति जस्ता क्षेत्रमा लगानीको प्रचूर संम्भावना रहेकाले नेपाल भ्रमण गरि ती सम्भावनाहरुलाई लगानीमा परिणत गर्न मुख्यमन्त्री गुरुङले अनुरोध गरेका छन्।

प्रतिउत्तरमा वासिङटन राज्यका गर्भनर जे इन्सुलीले नेपाल भ्रमण गर्ने  तीव्र ईच्छा रहेको र नेपालका हिमालहरुको संरक्षणका लागी विभिन्न फोरमहरुमा आफुले कुरा उठाउने गरेको बताए। सो अवसरमा वाशिङटन राज्यका लागि एशिया प्यासिफिक अमेरिकी मामिलाका कमिसनर मोहन गुरुङले नेपाल र अमेरिकाको वाशिङटन राज्यबीच व्यापार विस्तारको प्रशस्त सम्भावना रहेको बताएका छन्।

नेपाल र अमेरिकाको वाशिङटन राज्यबीच व्यापार विस्तारका लागि सन् २०२० सम्ममा संयुक्त व्यापार संरचना निर्माण गर्ने उघ्देश्यका साथ काम भै रहेको उनले बताए।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.