इप्पान र नेपाल बैंकर्स एसोसिएनबीच चार बुँदे सम्झौता

  २०७६ मंसिर ६ गते १२:४३     विकासन्युज

काठमाडाैं । इप्पान र नेपाल बैंकर्स एसोसिएसनबीच ४ बुँदे सम्झौता भएको छ । काठमाडौंमा शुरु भएको ऊर्जा सम्मेलनको दोस्रो दिन इप्पानका अध्यक्ष शैलेन्द्र गुरागाई र बैंकर्स एसोसिएसनका अध्यक्ष ज्ञानेन्द्रप्रसाद ढुंगानाले ४ बुँदे सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् ।

यस्ता छन् चार बुँदा:

१. बैंकहरुले लगानी गर्दा परियोजनाको सबल वातावरणीय र सामाजिक उत्तरदायित्व सम्बन्धि व्यवस्थापन लागू भएकोमा लगानी गर्नुपर्ने ।

२. प्रवर्धकहरुले परियोजनामा वातावरण स्वास्थ्य सुरक्षा र सामाजिक व्यवस्थापन सम्बन्धी कार्य गर्ने प्रतिवद्धता ।

३. नेपाल राष्ट्र बैंकले जारी गरेको निर्देशिकालाई पालना गरी काम गर्ने ।

४. वातावरणीय तथा सामाजिक जोखिम न्युनिकरण तथा व्यवस्थापनका लागि काम गर्नका लागि सम्झौता ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.