तीव्र आर्थिक वृद्धिका लागि ऊर्जामा लगानी गर्न आवश्यक- गभर्नर नेपाल

  २०७६ मंसिर ६ गते १०:५८     विकासन्युज

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर डा.चिरञ्जीबि नेपालले तीव्र आर्थिक विकासका लागि ऊर्जा क्षेत्रमा लगानी बढाउन आवश्यक रहेको बताएका छन् । काठमाडौंमा आयोजित पावर समिट २०१९ को दोस्रो दिनको पहिलो सेसनमा बोल्दै गभर्नर नेपालले ऊर्जामा गरेको लगानीले नेपालको आर्थिक वृद्धिमा सहयोग पुग्ने हुँदा वैदेशिक लगानी बढ्नु पर्ने बताएका हुन् ।

पछिल्लो वर्षहरूमा नेपालले तिब्र आर्थिक वृद्धि गर्ने लक्ष्य राखेको र त्यो लक्ष्य हाँसिल गर्न ऊर्जा क्षेत्र नै लगानीको लागि उपयुक्त रहेको उनको भनाइ छ । राष्ट्र बैंकले ऊर्जा क्षेत्रमा लगानी बढाउन के गर्न सकिन्छ भनी विभिन्न अध्ययन गरिरहेको पनि गभर्नर नेपालले जानकारी दिए ।

पहिलो सेसनको छलफलमा अन्य सहभागी वक्ताहरूले नेपालको ऊर्जा क्षेत्रमा लगानी गर्न उपयुक्त वातावरण बनेको बताएका छन् । तर, बेलाबेलामा आईपर्ने प्राकृतिक प्रकोप र नाका बन्दीले केही समस्या परेको उनीको भनाइ छ । लगानीकर्ताहरूले स्वच्छ ऊर्जा उत्पादनमा लगानी गर्ने पनि प्रतिवद्धता जनाएका छन् ।

त्यसैगरी चीनको सिसिजे कम्पनीका प्रतिनिधि छुई हुईले नेपाल सरकारले ल्याएको कर प्रणालीले लगानीकर्तालाई समस्या निम्त्याएको बताइन । उनले सरकारको काम गर्ने शैलीमा परिवर्तन ल्याउनु पर्ने धारणा व्यक्त गरिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.