भूकम्प तथा विपत्ति व्यवस्थापनमा सरकारी निकाय, अन्तराष्ट्रियस्तरसँग साझेदारी गर्दै

  २०७६ मंसिर ४ गते १८:२८     विकासन्युज

काठमाडौं । नेपाल चेम्वर अफकमर्स, इभेन्ट भेन्यू एशोसि एसनअफ नेपाल (इभा), नेपाल इमरजेन्सी सेल्टर एण्ड डिजास्टर प्रिभेन्सन एजुकेशनएड (नेपा)को संयुक्त आयोजना तथा जापान स्थित ओसाका सिटी युनिभर्सिटीको सहयोगमा विपद व्यवस्थापन सम्बन्धी जानकारी भएको छ । आज संचालित तालिम कार्यक्रमको ओसाका सिटी युनिभर्सिटीका प्राध्यापक मितामुरा मुनेकी र चेम्बरका अध्यक्ष राजेश काजी श्रेष्ठले संयुक्त उद्घाटन गरे ।
सो अवसरमा श्रेष्ठले २०७२ को महाभूकम्प पश्चात नेपालका पार्टी प्यालेसहरुले उद्दार गरी खेलेको उल्लेखनिय भूमिकाबारे चर्चा गर्दै निजी क्षेत्रले विपदव्यवस्थापनमा सरकारी निकाय, अन्तराष्ट्रिय विकास साझेदारहरुसँग सहकार्य गरिरहेको बताए । उनले भविष्यमा समेत विपद रोकथाम, उद्दार लगायत सचेतना कार्यक्रम नियमित रुपमा गर्ने उल्लेख गरे ।

जापानको ओसाका स्थित नेपाल चेम्बर अफकसर्मका वाणिज्यदूत दिनेश श्रेष्ठको पहलमाइभा नेपालका १२ जना व्यवसायीहरु ओसाका सिटी युनिभर्सिटीमा बिपद व्यवस्थापनमा तालिम हासिल गरे । उक्त तालिमबाट प्राप्त सिप एंव ज्ञानलाई पार्टी प्यालेसका अन्य सहभागीलाई “ट्रेनिङ अफ ट्रेनर्स”को रुपमा तालिम दिने उद्देश्यले आयोजित साे कार्यक्रममा ओसाका सिटी युनिभर्सिटीका प्राध्यापक मुनेकीले बिपदको वेला समुदाय र पार्टी प्यालेस वीचमा सम्वन्ध विकसित हुने बताए ।
नेपालका पाटी प्यालेसहरुले विगतको भूकम्प लगायत अन्य विपदको अवस्थामा पु¥याएको योगदानको विपत रोकथाममा समेत पार्टी प्यालेसहरुले अहस् एंव महत्वपूर्ण भूमिका खेल्नुपर्ने बताए । कार्यक्रममा इभाका निवर्तमान अध्यक्ष श्रीमान सिंहले जापान तथा नेपालको परिपेक्षमा विपद व्यवस्थापन सम्बन्धी कार्यपत्र समेत प्रस्तुत गरे । इभाका उपाध्यक्ष तेबिन्द्ररत्न शाक्यको सभापतित्वमा भएको उक्त कार्यक्रमा चेम्वर तथा इभा नेपालका पदाधिकारीहरु तथा तालिममा प्रशिक्षार्थीहरुको उपस्थिति रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.