ज्योति लाईफ इन्स्योरेन्सको बीमा कोष ३०५ प्रतिशतले वृद्दि, बीमा शुल्क साढे २७ करोड नाघ्यो

  २०७६ मंसिर ३ गते १७:२७     विकासन्युज

काठमाडौं । ज्योति लाईफ इन्स्योरेन्सले गत तीन महिनामा जीवन बीमा कोष ३०५ प्रतिशतले वृद्दि गरेकाे छ । इन्स्योरेन्सले सार्वजनिक गरेको पहिलो त्रैमासको वित्तीय विवरण अनुसार कम्पनीकाे जीवनबीमा कोषमा ९१ करोड ४६ लाख रुपैयाँ रहेकाे छ ।

इन्स्योरेन्सले सार्वजनिक गरेको पहिलो त्रैमासको वित्तीय विवरण अनुसार बीमा शुल्क १२४ प्रतिशतले वृद्धि गरी २७ करोड ६५ लाख रुपैयाँ बराबरको बीमा शुल्क संकलन गरेको छ ।

साथै, कम्पनीले दिर्घकालिन तथा अल्पकालिन लगानीमा क्रमशः ३५ प्रतिशत र १७ प्रतिशतले वृद्धी गरेको छ ।
त्यस्तै, इन्स्योरेन्सका अनुसार कम्पनीले असोजसम्ममा नाफामा २५ प्रतिशतले वृद्धी गर्दै ३ करोड ७६ लाख रुपैयाँ नाफा गरेको छ । कम्पनीले पहिलो त्रैमासमा जगेडा कोषमा समेत ७३ प्रतिशतले वृद्धी भइ २४ करोड ८० लाख रुपैयाँ संकलन गरेको छ । जीवनबीमा कोष ३०५ प्रतिशतले वृद्दी भइ ९१ करोड ४६ लाख रुपैयाँ पुगेको छ ।

जीवन बीमा कम्पनीको बलियो आधार तथा एक महत्वपुर्ण सूचकको रुपमा जीवन बीमा कोषलाई लिइन्छ । जसको कारणले बीमितहरुले पाउने बोनसदरमा समेत सकारात्मक प्रभाव पार्ने र कम्पनीको बोनसदर आकर्षक हुन गई आगामी दिनमा ज्योति लाइफका बीमितहरु लाभान्वित हुन सक्ने कम्पनीले जनाएको छ ।

कम्पनीको पछिल्लो दुइ वर्षको तथ्याङ्क हेर्दा जीबन बीमाको पहुँच करिब २० प्रतिशतको जनसंख्यामा पुगेको देखिन्छ । दुइ वर्षको अवधिमा बीमालेख लिनेको संख्या दोब्बरभन्दा बढीले वृद्दी भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.