मंसिर ५ गतेदेखि सुरु हुने उर्जा सम्मेलनको तयारी अन्तिम चरणमा

  २०७६ मंसिर २ गते १६:०१     विकासन्युज

 काठमाडाैं । पावरीङ द एसियन सेन्चुरी भन्ने नाराकासाथ मंसिर ५ गतेदेखि सुरु हुने उर्जा सम्मेलनको तयारी अन्तिम चरणमा पुगेको बताइएकोे छ । स्वतन्त्र उर्जा उत्पादक संसथा (इप्पान)ले सोमबार पत्रकार सम्मलन गर्दै मंसिर ५ र ६ गते हुने सम्मेलनको तयारी अन्तिम चरणमा पुगेको बताएको हो । छिमेकी राष्ट्र भारत र बंगलादेशका प्रतिनिधीहरुको विशेष प्रतिनिधित्व हुने गरी आयोजना हुने इप्पानले जनाएको हो ।

पत्रकार सम्मेलनको आयोजना गर्दै संस्थाले भारत, बंगलादेश र चीनबाट ठुलो संख्यामा सहभागिता रहने जनाएको छ । ति राष्ट्रहरुसँगै भुटान, नर्वे, दक्षिण कोरिया, क्यानडा, नेदरल्याण्ड, बेलायत, सयुक्तराज्य अमेरिका र जापानबाट समेत उत्साहजनक सहभागिता रहने जनाएको छ । स्वतन्त्र उर्जा उत्पादक संस्थाका अध्यक्ष शैलेन्द्र गुरागाँईले क्षेत्रीय विदुत व्यापारका लागि विचार आदान प्रदान गर्न तथा ओपचारिक र अनौपचारिक वार्ताहरु बढाउन उपयोगी हुने बताए ।

उनले उनले सम्मेलनमा आधा दर्जन भन्दा बढि बिद्युत व्यापार, वातावरणीय उत्तम अभ्यासहरु तथा समावेशी उर्जा क्षेत्र सम्बन्धी सम्झौताहरु हुने बताए ।
यस्तै इप्पानका उपाध्यक्ष कुमार पाण्डेले उर्जा परियोजना निर्माण स्थलमा माग अनुसार भ्रमणको व्यवस्थागरी सहभागिहरुले चाहेको खण्डमा विभिन्न आयोजनाहरुको स्थलगत भ्रमण गरी नेपालको उर्जा क्षेत्रमा भइरहेको विकासको प्रत्यक्ष अवलोकन गराइने बताए ।

‘सम्मेलनले त्रिदेशीय उर्जा सम्झौता गर्न धेरै सहयोग गर्छ’ उनले भने भारतीय लगानीकर्ता पनि नेपालमा काम गर्न इच्छुक छन्, यसले बंगलादेश र भारतसँगको ब्यापार सम्झौतालाई अझ प्रभावकारी रुपमा अगाडी बढ्न सहयोग पुग्छ ।’ सम्मेलन नेपाल सरकारको उर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयको अभिभावकत्वमा आयोजना हुनेछ ।

प्रधानमन्त्री केपी शर्मा ओली, उर्जा जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुन,अर्थमन्त्री युवराज खतिवडा र विद्युतसँग सम्बन्धित संघ संस्थाका प्रमुखहरुको समेत सहभागिता रहने छ । यस्तै विदेशी अतिथीहरुमा भारतका जलस्रोत मन्त्री गजेन्द्रसिहं शेखावत, बंगलादेशका उर्जा तथा खनिज संसाधन राज्यमन्त्री नास्रुल हमिद रहेका छन् । सम्मेलनमा करिब सात सयभन्दा बढिको सहभागिता रहने आयोजकले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.