अल फेर्डान एक्स्चेञ्ज र जीएमई रेमिटबीच विप्रेषण कारोबार सम्झौता

  २०७६ मंसिर १ गते १०:३४     विकासन्युज

काठमाडौं । अल फेर्डान एक्स्चेञ्ज र जीएमइ रेमिट प्रा.लि बीच विप्रेषण कारोबारमा साझेदारी गर्नेबारे सम्झौता भएको छ । उक्त सम्झौता पत्रमा जीएमइ रेमिटको तर्फबाट प्रबन्ध निर्देशक दिवाकर पौडेल र अल फेर्डान एक्स्चेञ्जको तर्फबाट प्रमुख कार्यकारी अधिकृत ओसामा अल रहमाले हस्ताक्षर गरेका छन् ।

सम्झौता यहि कात्तिक २७ गते भएको भएको हो । अल फेर्डान एक्स्चेञ्ज मार्फत यूएईबाट पठाएको रकम जीएमइ रेमिटको ७००० भन्दा बढी एजेन्ट मार्फत भुक्तानी लिन सकिने जीएमई रेमिटले जानकारी दिएको छ ।

हाल जीएमई रेमिटले दक्षिण कोरिया, अमेरिका, बेलायत, मलेसिया, जापान लगायत खाडी मुलुकहरुबाट रेमिट्यान्स कारोबार गर्दै आएको छ । सेवा सञ्चालनमा आएको छोटो अवधिमा नै जीएमई नेपालका रेमिट्यान्स कम्पनी मध्ये अग्रस्थानमा उभिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.