सिटी एक्सप्रेस ग्रुपद्धारा मानव सेवा आश्रमलाई ज्याकेट हस्तान्तरण

  २०७६ कार्तिक २९ गते १५:३४     विकासन्युज

काठमाडौं । सिटी एक्सप्रेस ग्रुपद्धारा मानव सेवा आश्रमलाई १२०० थान ज्याकेट हस्तान्तरण गरिएको छ । जाडोयामलाई लक्षित गरी मानव सेवा आश्रममा आश्रित सम्पुर्ण महानुभावहरुलाई जाडोबाट बच्न उक्त ज्याकेट वितरण गरिएको हो ।

उक्त अवसरमा सिटी एक्सप्रेस मनि ट्रान्सफरका प्रशासकीय निर्देशक कृष्णराज पौडेल, सिटी एक्सप्रेस फाइनान्सका प्रमुख कार्यकारी अधिकृत भिष्मराज चालिसे र सिटी एक्सप्रेस बचत तथा ऋण सहकारीका प्रमुख कार्यकारी अधिकृत नारायण बस्नेतले संयुक्त रुपमा मानव आश्रमका अध्यक्ष रामजी अधिकारीलाई उक्त ज्याकेटहरु हस्तान्तरण गरेका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.