सेन्चुरी बैंकको नाफा ३७ करोड नाघ्यो

  २०७६ कार्तिक २९ गते १०:३१     विकासन्युज

काठमाडौं । सेञ्चुरी कमर्सियल बैंकले चालु आर्थिक वर्षको पहिलो ३ महिनामा सेन्चुरी कमर्सियल बैंकले ३७ करोड ८ लाख रुपैयाँ नाफा गरेको छ । बैंकले यो अवधिमा ५८ अर्ब ५४ करोड कर्जा प्रवाह गरेर सो नाफा आर्जन गरेको हो ।

गएको आवको साउनदेखि असोजसम्मको पहिलो त्रैमासमा बैंकले २७ करोड ४० लाख नाफा आर्जन गरेको थियो । पहिलो त्रैमासमै यथेष्ठ नाफा कमाएको बैंकको वितरण योग्य नाफा भने १८ करोड रुपैयाँ रहेको छ ।

८ अर्ब ४१ करोड चुक्ता पुँजी भएको बैंकको जगेडा कोषमा १ अर्ब २८ करोड रुपैयाँ रहेको छ । बैंकले सो अवधिमा २ अर्ब १३ करोड ब्याज आम्दानी गरेको छ भने १ अर्ब ३५ करोड ब्याज खर्च गरी खुद ब्याज आम्दानी ७८ करोड रहेको छ ।

चालु आवको पहिलो त्रैमासमा बैंकले ६१ अर्ब निक्षेप संकलन गरेको छ । बैकको सीडी रेसियो ७९.२१ प्रतिशत कायम गरेको छ । बैंकको खराब कर्जा २.४७ प्रतिशत छ भने स्प्रेड दर ४.८४ प्रतिशत छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.