जनता अवकाश कोषले संचित रकमको १ प्रतिशत मुनाफा बितरण गर्ने

  २०७६ कार्तिक २७ गते १५:०८     विकासन्युज


काठमाडौँ । जनता बैंक नेपाल लिमिटेडद्वारा सञ्चालित जनता अवकाश कोषले आर्थिक वर्ष २०७५/७६ को मुनाफाबाट कोषमा सहभागी सञ्चयकर्ताहरुलाई संचित रकमको १ प्रतिशतका दरले मुनाफा वितरण गर्ने निर्णय गरेको छ ।

२०७६ कात्तिक २१ गते बसेको कोष संचालक समितिको बैठकले कोषको आर्थिक बर्ष २०७५/७६ को वासलात, नाफा–नोक्सान हिसाव, नगद प्रवाह विवरण र सोसँग सम्बन्धित अनुसूचीहरु तथा अन्य सम्पूर्ण वित्तीय विवरणहरु स्वीकृत गरेको छ ।

कोषले सहभागी संचयकर्ता/बचतकर्ताहरुको संचित मौज्दात रकममा बार्षिक ८.५० प्रतिशतका दरले व्याज प्रदान गर्दै आएको छ । साथै सहभागिले संचित रकमको ९० प्रतिशतसम्म सापटी लिनसक्ने व्यवस्था गरेको छ । कोषले सहभागी संचयकर्ता/बचतकर्ताहरुलाई सुत्केरी स्यहार खर्च रु. १०,०००/– र काजक्रिया खर्च रु. १०,०००/– को व्यवस्था गरेको छ ।

जनता अवकाश कोषका सहभागीहरुले जनता बैंक नेपाल लिमिटेडका नेपालभर रहेका सम्पूर्ण शाखाहरु मार्फत सेवा प्राप्त गर्न सक्ने कोष प्रमुख गणेश सुवेदीले जनाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.