नेपाल लाइफ इन्स्योरन्सको पहिलो त्रैमासको आय २८.८६ प्रतिशतले वृद्धी

  २०७६ कार्तिक २७ गते १२:५१     विकासन्युज


काठमाडौं । नेपाल लाइफ इन्स्योरन्स कम्पनीले चालु आर्थिक वर्ष २०७६÷७७ को पहिलो त्रैमासमा गत आवको पहिलो त्रैमासमा भन्दा २८.८६ प्रतिशतले आय वृद्धी गर्न सफल भएको छ । कम्पनीले गत आवको पहिलो त्रैमासमा ८ अर्ब ६३ करोड ९ लाख रुपैयाँ आय गरेको थियो भने चालु आवको पहिलो त्रैमासमा कम्पनीले ११ अर्ब १२ करोड २५ लाख रुपैयाँ आर्जन गरेको हो ।

कम्पनीमा गत आवको पहिलो त्रैमासमा खुद बीमा शुल्क ५ अर्ब ४३ करोड २८ लाख रुपैयाँ संकलन भएको थियो भने चालु आवमा भने खुद बीमा शुल्क ७ अर्ब ८१ करोड ८३ लाख रुपैयाँ पुगेको छ । यसरी गत आवको पहिलो त्रैमासमा भन्दा चालु आवको पहिलो त्रैमासमा खुद बीमा शुल्क ४३.९० प्रतिशतले बढेको तथ्याङ्कले देखाउँछ ।

यस्तै, गत आवको पहिलो त्रैमासमा कम्पनीको लगानी, कर्जा तथा अन्य आय १ अर्ब ४ करोड २५ लाख रुपैयाँ देखिन्छ भने चालु आवको पहिलो त्रैमासमा १ अर्ब ४० करोड ६५ लाख रुपैयाँ देखिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.