नेपाल भित्रियो रोयल इन्फिल्डको ‘इन्टरसेप्टर ६५०’, कहिले होला सार्वजनिक ?

  २०७६ कार्तिक २५ गते १८:३४     विकासन्युज

काठमाडाैं । इण्डियन मोटरसाइकल उत्पादक कम्पनी रोयल इन्फिल्डको नेपालका लागि आधिकारिक विक्रेता विवेक अटोमोवाइल्स प्रा.लि.ले ‘इन्टरसेप्टर ६५०’ लाई नेपाली बजारमा सार्वजनिक गर्ने तयारी गरिरहेको छ । कम्पनीका अनुसार केहि दिन अघि नै नेपाल भित्रिसकेको सो मोटरसाइकललाई अबको एक हप्ता भित्र सार्वजनिक गरिनेछ ।

‘इन्टरसेप्टर ६५०’ लाई रोयल इन्फिल्डको एउटा अलग्गै टेस्ट भएको मोटरसाइकलको रुपमा लिने गरिएको छ । यस मोटरसाइकलको सवल पक्षको रुपमा यसको इञ्जिनलाई लिइन्छ । यस मोटरसाइकलमा ६४९ सीसी प्यारालल-ट्वीन इञ्जिन दिइएको छ जसले ४७ बीएचपीको पावर र ५२ एनएमको टर्क प्रदान गर्दछ ।

यस मोटरसाइकलमा भएको डवल सिलिण्डर इञ्जिनले भाइब्रेसन विल्कुलै उत्पन्न गर्दैन भने यसमा दिइएको ओएल तथा एयर कुलिङ्ग टेक्नोलोजीले इञ्जिन तात्ने समस्यालाई पनि कम गर्दछ । त्यसैगरी, ६-स्पिड गियरबक्स भएको यस मोटरसाइकलमा स्लिपर क्लच पनि समावेस गरिएको छ ।

कम्पनीका अनुसार १४ लिटर फ्युल ट्याङ्क क्यापासिटी रहेको इन्टरसेप्टर ६५० ले २५ केएमपीएल हाराहारीको माइलेज र १६० केएमपीएच प्लसको टप स्पिड दिन्छ ।

यस मोटरसाइकलका दुबै चक्काहरुमा डिस्क ब्रेक दिइएको छ भने सेफ्टि फिचरको रुपमा डुअल-च्यानल एबीएस दिइएको छ । त्यसैगरी, यस मोटरसाइकलको रेट्रो लुक्स कायम राख्नका लागि यसमा कन्भेन्स्नल टेलिस्कपिक फर्क तथा ट्वीन शक एब्जर्बर्सहरुलाई सस्पेन्सनका रुपमा जडान गरिएको छ ।

विवेक अटोमोवाइल्सले जनाए अनुसार नेपालमा हाल इन्टरसेप्टर ६५० लाई मात्र सार्वजनिक गरिने छ भने रोयल इन्फिल्डकै ६५० सीसीको अर्को उत्पादन ‘कन्टिनेन्टल जिटि ६५०’ लाई चाहिँ केहि पछि मात्र नेपाल भित्र्याउने कम्पनीकाे योजना रहेको छ ।

नेपालमा लञ्च पश्चात इन्टरसेप्टर ६५० को बजार मूल्य १२ लाख रुपैयाँको हाराहारी पर्न आउने कम्पनीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.