सबै विद्यालय कोषमा सहभागी हुने एन प्याब्सनका अध्यक्ष सापकोटाको प्रतिवद्धता

  २०७६ कार्तिक २४ गते १६:०६     विकासन्युज

काठमाडौं । सबै निजी विद्यालयहरु सामाजिक सुरक्षा कोषमा सहभागी हुने एन प्याब्सनका अध्यक्ष ऋतुराज सापकोटाले बताएका छन् । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्ट र राष्ट्रिय निजी तथा आवासीय विद्यालय संगठन (एन–प्याब्सन)का पदाधिकारी बीच मन्त्रालय भएकाे छलफलमा सो कुराकाे जानकारी दिएका हुन् ।

उक्त छलफलमा बाेल्दै मन्त्री विष्टले भने ‘सामाजिक सुरक्षा कोष ऐच्छिक विषय होइन । यो अनिवार्य हो । सरकारले थप गरेको समय भित्रै सबै विद्यालय र शिक्षक कर्मचारी सुचिकरण अनिवार्य रहेकाे छ ।’ संविधानले गरेको व्यवस्था र संसदबाट पारित कार्यक्रममा सबै निजि विद्यालयहरु समयसिमा भित्रै सहज सहभागी हुने अपेक्षा राखेको निजी क्ष्ूोत्रका समस्या समाधानका गर्न सरकार सधै तत्पर रहेको जनाए ।

समस्या बुझ्न, सहजीकरण गर्न र आवश्यक निर्णय गर्न सरकार सधै सकारात्मक तथा शिक्षा क्षेत्रको विकासमा निजी विद्यालयको योगदान महत्वपुर्ण रहँदै आएको भन्दै कोषका सन्दर्भमा देखिएका अस्पष्टता हटाउन तथा विभिन्न क्षेत्रबाट आएका गुनासाहरुलाई सम्बोधन गर्दै कार्यक्रमलाई परिमार्जित, समय सान्दर्भिक तथा वैज्ञानिक बनाउदै लगिने मन्त्री विष्टले बताए ।
एन प्याब्सनका अध्यक्ष सापकोटाले भने ‘समग्र श्रमिकको हितमा आएको राष्ट्रिय अभियानलाई पुर्ण समर्थन र सहयोग, विद्यालयमा कार्यरत शिक्षक,कर्मचारीको सामाजिक सुरक्षाका विषयमा हामी संवेदनशिल छौं । कोषमा सहभागी हुने विषयमा गम्भिर छौं ।’
प्याब्सनमा आवद्ध कतिपय विद्यालयहरु कोषमा सुचिकृत भैसकेको र बाँकी पनि समयमै भैसक्ने प्रतिवद्धता जनाउँदै आगामी दिनमा निजी विद्यालयहरुले भोग्नुपरेका अन्य समस्यामा सरकारले पहल गरिदिने अपेक्षा अध्यक्ष सापकोटाले बताए ।

सम्बन्धित समाचारहरू :

प्याब्सनमा आबद्ध १ लाख २५ हजार शिक्षक तथा कर्मचारी सामाजिक सुरक्षा काेषमा जाँदै

सामाजिक सुरक्षा कोषले मुख्य तीन शीर्षकमा कर्जा दिने तयारी

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.