ओकिनावाको इलेक्ट्रिक स्कुटर ‘लाइट’ सार्वजनिक, फुल चार्जमा ६० किलोमिटर सम्मको रेञ्ज दिने

  २०७६ कार्तिक २३ गते १७:४६     विकासन्युज

काठमाडौं । इन्डियन इलेक्ट्रिक टू–ह्विलर उत्पादक कम्पनी ओकिनावाले आफ्नो विल्कुलै नयाँ स्कुटर ‘लाइट’ लाई भारतिय बजारमा सार्वजनिक गरेको छ । कम्पनीले यस इलेक्ट्रिक स्कुटरको मूल्य भारतिय बजारमा ५९ हजार नौ सय ९० रुपैयाँ तोकेको छ ।
यस स्कुटरमा २५० वाटको वाटरप्रुफ बीएलडीसी मोटर दिइएको छ जसले स्कुटरलाई २५ केएमपीएचको गति प्रदान गरेको छ । त्यसैगरी ओकिनावा लाइटमा १.२५ किलोवाटको लिथियम–आयन ब्याट्री समावेस गरिएको छ जसले फुल चार्जमा ५० देखि ६० किलोमिटरसम्मको रेञ्ज दिन्छ भनी कम्पनीले क्लेम गरेको छ ।

यस डिटेचएवल ब्याट्रीलाई फुल चार्ज हुन कम्तीमा पनि ४ देखि ५ घण्टाको समय लाग्दछ । खुशीको कुरा के हो भने ओकिनावाले यस स्कुटरको खरिदमा ब्याट्री र मोटरमा ३ वर्षको वारेन्टी समेत प्रदान गर्ने भएको छ । अगाडि तर्फ टेलिस्कपिक फर्क र पछाडि तर्फ हाइड्रोलिक शक एब्जर्बर्सले यस स्कुटरमा सस्पेन्सनको काम गर्दछन् ।

ब्रेकको कुरा गर्नुपर्दा अगाडिको चक्कामा डिस्क ब्रेक र पछाडिको चक्कामा भने ड्रम ब्रेक जडान गरिएको छ । सम्पूर्ण लाइटहरु एलईडी रहेको यस स्कुटरमा फुल डिजिटल इन्स्ट्रुमेन्ट कन्सोल, स्टार्ट/स्टप बटनजस्ता अन्य धेरै फिचरहरु समावेस गरिएको छ ।

त्यसैगरी यो स्कुटर ह्वाइट र ब्लु गरी दुई कलर अप्सनहरुमा उपलब्ध रहेको छ ।आउँदो फेब्रुअरीबाट भारतमा आयोजना हुने अटो एक्स्पोमा ओकिनावाले आफ्नो नयाँ इलेक्ट्रिक मोटरसाइकललाई पनि सार्वजनिक गर्ने योजना बनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.