२०७६ कार्तिक २० गते १४:४० विकासन्युज
काठमाडौं । राष्ट्रिय योजना आयोगका सदस्य रामकुमार फुँयालको संयोजकमा नेपाल धितोपत्र बोर्डको अध्यक्ष छनोट समिति बनेको छ ।
आयोगका वित्त हेर्ने सदस्यको संयोजनमा राजस्व सचिव शिशिरप्रसाद ढुंगाना र नेपाल चाटर्ड एकाउन्टेन्ट्स संस्था (आईक्यान) अध्यक्ष कृष्णप्रसाद आचार्य रहेको तीन सदस्यीय समिति गठन भएको हो ।
अर्थ मन्त्रालयले १ महिनाभित्र सेवोनको कार्यकारी अध्यक्ष नियुक्त गर्ने समिति गठन गरेको हो । अब सेवोन नेतृत्वमा जान आकांक्षीहरूले उक्त पदको लागि आवेदन दिन सक्नेछन् ।
Copyright © 2025 Bikash Media Pvt. Ltd.