कञ्चन डेभलपमेन्ट बैंकको सीईओमा पुनः बिरुराम जैशी नियुक्त

२०७६ कार्तिक २० गते ११:३९ विकासन्युज

काठमाडौं । कञ्चन डेभलपमेन्ट बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा बिरुराम जैशी पुनः नियुक्त भएका छन् ।

कात्तिक ७ गते बसेको संस्थाकाे सञ्चालक समितिको बैठकले जैशीलाई आगामी ४ वर्षेका लागि सीईओमा नियुक्त गरेको हो ।

साथै, उनले कम्पनी सचिवको कार्यभार समेत सम्हाल्दै आएका छन् ।