सातै प्रदेशमा सांगीतिक कार्यक्रम सप्तरङ्ग-२ हुँदै, पर्यटकीय स्थलको प्रवद्र्धन गरिने

  २०७६ कार्तिक १८ गते १५:०४     विकासन्युज


काठमाडौं । टिभिएस टु ह्वीलरको नेपाल स्थित एक आधिकारिक वितरक जगदम्बा मोटर्स प्रालिको सक्रियतामा यस पटक सातै प्रदेशमा सांगितिक कार्यक्रम सप्तरंग-२ हुने भएको छ । कात्तिक २० गतेदेखि मंसिर ४ गतेसम्म कार्यक्रम हुने आयोजक गृष्मा ब्रोडकाष्टिङले सोमबार पत्रकार सम्मेलनको आयोजना गरी जानकारी दिएको छ ।

‘जनतालाई, जनताद्वारा, जनताको निम्ति’ भन्ने नाराका साथ सातै प्रदेशका पर्यटकीय स्थलको प्रवद्र्धन र पर्यटन वर्ष २०२० लाई सफल पार्न र स्थानीयलाई प्रोत्साहन गर्ने उद्देश्यले सो कार्यक्रम हुन लागेको हो ।

कात्तिक २० गते विर्तामोडमा, २२ गते वीरगञ्जमा, २४ गते चितवनमा, २६ गते नेपालगञ्जमा, २८ गते सुर्खेतमा, ३० गते महेन्द्रनगरमा र मंसिर ४ गते पोखरामा कार्यक्रम हुनेछ । विर्तामोडमा मेलिना राई, वीरगञ्जमा जितु नेपाल, चितवनमा सुगम पोखरेल, नेपालगञ्जमा प्रकाश सपुत, सुर्खेतमा राजेश हमाल, महेन्द्रनगरमा हिमाल सागर र पोखरामा रवि ओड सहितका कलाकारहरुको प्रस्तुति रहने आयोजक ग्रिष्मा ब्रोडकाष्टिङले जनाएको छ ।

सातै प्रदेशमा आयोजना हुने कार्यक्रमको उद्घाटन मुख्यमन्त्रीहरुबाट हुने जनाइएको छ । कार्यक्रमहरुमा ९० हजारदेखि १ लाख २० हजार दर्शकको सहभागिता रहने आयोजकले अनुमान गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.