प्रतिकित्ता २७५ रुपैयाँमा नेपाल इन्भेष्टमेन्ट बैंकको सेयर लिलामीमा

  २०७६ कार्तिक १८ गते १०:५४     विकासन्युज

काठमाडौं । सेयरमा ठूलो लगानीको अवसर खोजी गर्नेहरुको साँच्चिकै राम्रो अवसर आएको छ । नेपाल इन्भेष्टमेन्ट बैंकको सेयर प्रतिकित्ता २७५ रुपैयाँमा लिलामीमा आएको छ ।

बैंकको २९ हजार ३८० कित्ता संस्थापक सेयर न्युनतम २७५ तोकी बढाबढ मूल्यमा बिक्रीमा राखिएको हो । यस सेयरको अंकित मूल्य भने प्रतिकित्ता १०० रुपैयाँ मात्र हो ।

इच्छुक लगानीकर्ताले न्युनतम ३ हजार कित्ता र अधिकृत सबै सेयरको लागि आवेदन गर्न सक्ने बिक्री प्रबन्धक एनआईविएल एस क्यापिटलले जनाएको छ । सबै सेयर किन्नको लागि कम्तिमा ८१ लाख रुपैयाँ लगानी गर्नुपर्नेछ ।

हाल यस बैंकको पब्लिक सेयर प्रतिकित्ता ४४० रुपैयाँमा कारोबार भईरहेको छ । सामान्यतया साधारण सेयर भन्दा संस्थापक सेयरको मूल्य ४० देखि ५० प्रतिशत कम मूल्यमा कारोबार हुने गरेको छ ।

बैंकका संस्थापक राजभण्डारी परिवारले आफ्नो स्वामित्वको सेयर बिक्री गर्न लागेको स्रोतले बतायो । पछिल्लो समय यस बैंकको सेयर मूल्य निरन्तर घटेपछि संस्थापक सेयरधनीको पनि विश्वास गुमेको आशंका गरिएको छ । गएको दशक निकै आक्रामक ग्रोथ गरेको यस बैंकले पछिल्लो समय उच्चदरको ग्रोथ हासिल गर्न सकेको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.