सानिमा बैंकको नाफा १४ प्रतिशतले बढ्यो, कर्जा प्रवाह ८३ अर्ब ५२ करोड

  २०७६ कार्तिक १७ गते १८:३२     विकासन्युज

काठमाडौं । सानिमा बैंकको नाफा १४.४० प्रतिशतले बढेको छ । गत साउनदेखि असोजसम्म बैंकले ५९ करोड ३६ लाख रुपैयाँ नाफा कमाएको छ । जुन अघिल्लो वर्षको तुलनामा ७ करोड ४७ लाख रुपैयाँ बढी हो । बैंकले अघिल्लो वर्षको सोही अवधिमा ५१ करोड ८८ लाख रुपैयाँ नाफा कमाएको थियो ।

चालु आवको तीन महिनासम्ममा बैंकले निक्षेपतर्फ साढे ६ अर्ब वृद्धि गर्दा कर्जा प्रवाह दुई अर्ब ११ करोडले बढाएको छ । बैंकको निक्षेप संकलन ९५ अर्ब ९२ करोड हुँदा कर्जा प्रवाह ८३ अर्ब ५२ करोड रहेको छ ।

बैंकको जगेडा कोषमा दुई अर्ब ५४ करोड रुपैयाँ रहेको छ । जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा ३१ करोड २३ लाख रुपैयाँ बढी हो । अघिल्लो वर्षको तीन महिनामा बैंकको जगेडा कोषमा दुई अर्ब २३ करोड रुपैयाँ रहेको थियो ।

असोज मसान्तसम्म बैंकले दुई अर्ब ९६ करोड रुपैयाँ व्याज आम्दानी गरेको छ भने एक अर्ब ८१ करोड रुपैयाँ व्याज खर्च गरेको छ ।

बैंकको कस्ट अफ फण्ड ७.२२ प्रतिशत, बेसरेट ९.२१ प्रतिशत र सीसीडी रेसियो ७८.८४ प्रतिशत रहेको छ । त्यस्तै, पुँजी पर्याप्तता अनुपात भने १२.६६ प्रतिशत रहेको छ । बैंकको ब्याजको स्प्रेडदर ४.४४ प्रतिशत रहेको छ ।

त्यस्तै, बैंकको प्रतिसेयर आम्दानी २६.४७ रुपैयाँ रहेको छ । गत साउनदेखि असोज मसान्तसम्म ६३ दिन कारोबार भएको बैंकको १२ लाख २९ हजार ७१० कित्ता सेयर किनबेच भएको थियो । सो अवधिमा बैंकको सेयर प्रतिकित्ता ३०० रुपैयाँदेखि ३६१ रुपैयाँको बीचमा कारोबार भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.