यस्तो छ हुण्डाईले सार्वजनिक गरेको स्यान्ट्रोको ‘एनिभर्सरी एडिसन’

  २०७६ कार्तिक १४ गते १२:१७     विकासन्युज


काठमाडौँ । हुण्डाईले नयाँ हुण्डाई स्यान्ट्रोलाई बजेट फ्रेन्डली कारको रुपमा सार्वजनिक गरेको एक वर्ष पूरा भएको छ । यसै उपलक्ष्यमा कम्पनीले स्यान्ट्रोको ‘एनिभर्सरी एडिसन’हालसाल भारतीय बजारमा सार्वजनिक गरेको छ ।

हुण्डाई स्यान्ट्रोको यो स्पेसल एडिसन स्यान्ट्रो स्पोर्ट्स कै ट्रिम लेभलमा आधारित छ । त्यसैगरी म्यानुअल र एएमटी गरी दुई गियर अप्सनहरुमा उपलब्ध छ । स्यान्ट्रो एनिभर्सरी एडिसन मेकानिकली पहिले जस्तै रहेपनि सो मोडेलमा कस्मेटिक चेन्जेजहरु भने देख्न सकिन्छ । कस्मेटिक चेन्जेजहरुको रुपमा ग्लस ब्ल्याक कलरको रुफ, डार्क ग्रे कलर दिइएको व्हिल कभर, आउटसाइड रियर भ्यू मिरर्स र डोर ह्याण्डल्सलाई लिन सकिन्छ । यसका साथै बुट बेसमा र एनिभर्सरी एडिसनको बेजमा क्रोम फिनिस पनि देख्न सकिन्छ ।

यस मोडेलको इन्टेरियरमा पनि केहि परिवर्तन देख्न सकिन्छ । ड्यासबोर्डमा, इन्फोटेन्मेन्ट स्क्रिन वरिपरि, एसी भेन्ट्सका साइडमा र गियर स्टिकमा निलो रङ्गको इन्सर्ट्स दिइएको छ भने यसको फेब्रिक सिटको डिजाइनलाई पनि अपडेट गरिएको छ ।

यसमा समावेस भएको इञ्जिन १.१–लिटर ४–सिलिण्डर पेट्रोल इञ्जिन हो जसले ६९ एचपीको पावर र ९९ एनएमको टर्क प्रोड्युस गर्दछ । त्यसैगरी ५–स्पिड म्यानुअल र ५–स्पिड एएमटि गरी दुई गियर अप्सन्समा यो कार उपलब्ध हुने भएको छ । स्मरण रहोस्, एएमटि गियरबक्समा गियर चेन्ज गर्नका लागि क्लचको आवश्यकता पर्दैन ।

यो स्पेसल एडिसन ‘पोलस ह्वाइट’ र ‘अक्वा टिल’ गरी दुई कलर अप्सन्सहरुमा उपलब्ध रहेको छ । भारतिय बजारमा स्यान्ट्रो एनिभर्सरी एडिसन म्यानुअल गियर भर्जनलाई पाँच लाख १७ हजार रुपैयाँ मूल्य तोकिएको छ भने एएमटि भर्जनलाई चाहिँ पाँच लाख ७५ हजार रुपैयाँ मूल्य तोकिएको छ ।

नेपाली बजारमा भने हुण्डाई कारको आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले सुरुवाती मूल्य २२ लाख ९६ हजार रुपैयाँ तोकेर हाल नेपाली बजारमा हुण्डाई स्यान्ट्रोको बिक्री वितरण गर्दै आइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.