नेपाल–बंगलादेश ब्यापार बैठकः बससेवादेखि जलमार्गसम्मका सम्झौता

  २०७६ कार्तिक ६ गते १८:२७     राजाराम न्यौपाने

काठमाडौं । नेपाल–बंगलादेश दुई देशीय व्यापारसम्बन्धीे चौथो बैठकमा ५ वटा प्रस्तावमा सम्झौता हुने समझदारी भएको छ । विशेष गरी नेपालको व्यापार र पारवहनसँग सम्बन्धित विषयमा छलफल भएको छलफल केन्द्रित भएको हो । बैठकमा भएका समझदारीका बुँदाहरुमा सचिबस्तरीय सम्झौता हुने जनाइएको छ ।

मंगलबार र बुधबार भएको दुई देशीय व्यापारसम्बन्धीे बैठकमा विशेष गरी ५ वटा विषयमा छलफल भएको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव नवराज ढकालले बताए ।

नेपाल बंगलादेश सिधा बस सेवा, फूलवारी बन्दरगाहबाटबाट आवतजावत गर्न सहज गर्ने, नेपाली विद्यार्थी लगायत नेपाली नागरिकलाई भिसा सहजिकरण, कार्गोहरुको ढुवानी, गुणस्तरीय बस्तु ढुवानी गर्ने र जल मार्गको अध्ययन गर्ने विषयमा सम्झौताका लागि तयारी भएको सचिव ढकालले बताए ।

नेपालबाट तरकारी, फलफूल र दाल लगायतका बस्तु निर्यात र भन्सार मूल्याङ्कनमा भएको समस्याका बारेमा नेपालले कुरो उठाएको र बंगलादेश त्यसमा सकारात्मक रहेको बताइएको छ । काठमाडौंको होटल याक एण्ड यतीमा मंगलबारदेखि शुरु भएको बैठक बुधबारसम्म चलेको हो ।

बैठकमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव नवराज ढकालको नेतृत्वमा १५ सदस्यीय टोली र बंगलादेशको तर्फबाट वाणिज्य मन्त्रालयकी सहसचिव सरिफा खान नेतृत्वमा सात सदस्यीय टोलीले बैठकमा सहभागिता जनाएको थियो ।

नेपाल र बंगलादेश बीचको यो चौथो बैठक हो । यसअघि भएका बैठकको ढाका-काठमाडौं बस सेवा, खाद्य सुरक्षा र प्लान्ट क्वारेन्टाइनका सम्बन्धमा आपसी समझदारी गर्ने विषयले पनि यसपटकको बैठकमा प्राथमिकता पाएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.