एम होङ गिल ह्युमन फाउण्डेसनको नेपालमा १० वर्ष पुरा, १२ जिल्लामा सुविधासम्पन्न १५ विद्यालय निर्माण

  २०७६ कार्तिक ६ गते १८:२५     विकासन्युज

काठमाडौं। एम होङ गिल हयुमन फाउन्डेसनले नेपालमा स्थापनाकोे १० औं वर्ष पुरा गरेको छ। सन् २००८ मा कोरियामा स्थापना भएको फाउन्डेसनले १० वर्ष देखी नेपालको शिक्षा क्षेत्रमा महत्वोपूर्ण भूमिका खेल्दै आईरहेको छ ।

एम होङ गिल ह्युम्न फाउन्डेसन संसारभरका ८ हजार मिटर भन्दा माथिका १५ वटा हिमाल चढेका कोरियाली पर्वतआरोही एम होङ गिलको सकृयता खुलेको गैरराजनितिक, गैरधार्मिक तथा गैरसाम्प्रादायिक संस्था हो।

एम होङ गिलले नेपालमा हिमाल चढ्दा धेरै नेपालीको साथ पाएका थिए जसले उनलाई सहयोग गर्ने क्रममा ज्यान गुमाएका पनि थिए। तिनै सहयोगी हातहरुलाई सहयोग गर्ने उदेश्यका साथ होङले २००९ मा नेपालमा यस संस्थाको स्थापना गरी बिशेष गरेर शिक्षा क्षेत्रलाई मध्यनजर फर्दै काम सुरु गरेका हुन्।

सन् २०१० मा पाङबोचे आधारभुत विद्यालय, सोलुखुम्बुको निर्माण सुरु गरेको फाउण्डेिनले अहिलेसम्म नेपालको १२ जिल्लामा १५ बालमैत्री भुकम्प प्रतिरोधी सुबिधा सम्पन्न आधुनिक पक्की विद्यालय भवनहरु निर्माण सकेर हस्तान्तरण गरिसकेको छ।

दुर्गम हिमाल देखी तराईका फाँटहरुसम्म फैलिएका ह्युमन फाउन्डेसनको विद्यालयमा अहिले ६ हजार ९ सय विद्यार्थीले शिक्षा पाईरहेका छन्। दुर्गाम गाउँका स्कुलमा टाढाका विद्यार्थीलाई पढ्ने वातवरण बनाउन फाउन्डेसनले छात्रावास पनि बनाएको छ ।

बालबालिकालाई गुण्स्तरिय शिक्षा दिन फाउन्डेशनले नेपालको सामुदायिक विद्यालयको ईतिहास मै पहिलोपटक कास्की स्थित बिरेथान्तीमा स्मार्ट कक्षा सुरु गर्नुको साथै निर्माण सम्पन्न ११ विद्यालयमा अत्याधुनिक काम्प्युटर ल्याब सुविधा उपलब्ध गराएको छ। संस्थाले आर्थिक स्थीति कमजोर भएका अभिभावकहरुलाई नि शुल्क बाख्रा र भैंसी पनि प्रदान गरेको छ।

कोरियामा जन्मिएका होङ नेपाल आफ्नो कर्मभुमिको रहेको बताउँछन्। उनी भन्छन्, ‘नेपालसँग यति धेरै आत्मिय सम्बन्ध हुनुको कारण नेपालीहरुले मलाई देखाएको माया हो।’यसका साथै नेपालमा १५ वटा विद्यालयको स्थापना पछि अर्को हिमाल यात्रा तय गर्ने होङको सपना अब पुरा हुने भएको छ। संस्थाले बुधबार नै काठमाडौंको तार्केश्रोरमा आफ्नो १६ औं विद्यालयको शिल्यानस गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.