बंगलादेशसँग नेपालको ३ अर्ब रुपैयाँको व्यापार घाटा, बैठकपछि कम होला त ?

  २०७६ कार्तिक ६ गते ९:४०     राजाराम न्यौपाने

काठमाडौं । नेपाल-बंगलादेशबीचको दुई देशीय व्यापारसम्बन्धीे चौथो बैठक मंगलबारदेखि काठमाडौंमा सञ्चालन भइरहँदा बंगलादेशसँग नेपालले बर्सेनि अर्बौ रुपैयाँको व्यापार घाटा व्यहोर्दै आएको छ । गत आर्थिक वर्षमा नेपालको बंलादेशसँग २ अर्ब ९४ करोड ८७ लाख ७१ हजार व्यापार घाटा भएको थियो ।

व्यापार तथा निर्यात प्रर्वद्र्धन केन्द्रको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०७५/७६ मा बंगलादेशबाट नेपालमा ४ अर्ब २४ करोड २२ लाख ४६ हजारको विभिन्न बस्तु आयात भएको थियो भने नेपालबाट बंगलादेश १ अर्ब २९ करोड ३४ लाख ७५ हजारको मात्रै निर्यात भएको थियो ।

नेपालबाट गलैंचा, धागो, अलैंची, टेक्सटाइल, जुस, उलन तथा पश्मिना, जुट ब्याग र जडिबुटी लगायतका बस्तुहरु बंगलादेश निर्यात हुने गरेको छ । त्यसैगरी बंगलादेशबाट तरकारी तथा फलफूल, कस्मेटिक, कपडा र मेशिनरी सामानहरु आयत हुने गरेको छ ।

३ वर्षको नेपाल-बंगलादेशबीचको व्यापार अवस्था यस्तो छ: 
आर्थिक वर्ष २०७३/७४ मा १ अर्ब ४ करोड ७९ लाख ३१ हजारको बस्तु निर्यात भएको थियो भने ४ अर्ब २२ करोड ६७ लाख २ हजारको आयात भएको थियो ।

यस्तै आर्थिक वर्ष २०७४/७५ मा १ अर्ब ८ करोड ३० लाख २४ हजारको नेपालबाट बस्तु निर्यात भएको थियो भने ४ अर्ब ७९ करोड १० लाख ३४ हजार रुपैयाँको विभिन्न वस्तु बंगलादेशबाट आयात भएको थियो ।

यसैगरी आर्थिक वर्ष २०७५/७६ मा १ अर्ब २९ करोड ३४ लाख ७५ हजारको नेपालबाट बस्तु निर्यात भएको थियो भने ४ अर्ब २४करोड २४ लाख ६ हजार रुपैयाँको बंलादेशबाट नेपालमा बस्तु आयात भएको व्यापार तथा निर्यात प्रर्वद्र्धन केन्द्रको तथ्याङ्कमा उल्लेख छ ।

नेपाल-बंगलादेश व्यापार बैठकबाट के हुन्छ फाइदा ?
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव नवराज ढकालले नेपाल र बंगलादेशबीचको जारी ब्यापार बैठक नेपालको व्यापार घाटा कम गर्न उपलब्धीमूलक हुने बताए ।

मंगलबारबाट शुरु भई बुधबार सम्पन्न हुने उक्त ब्यापार बैठकमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव ढकालको नेतृत्वमा १५ सदस्यीय टोली सहभागी छ । त्यस्तै बंगलादेशको तर्फबाट वाणिज्य मन्त्रालयकी सहसचिव सरिफा खान नेतृत्वमा सात सदस्यीय टोलीले बैठकमा सहभागिता जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.