सीडीएससीका प्रमुख कार्यकारी अधिकृत गुप्ताको कार्यकाल सकिँदै, नवीकरण नगर्ने बोर्डको संकेत

  २०७६ कार्तिक ५ गते १३:०२     विकासन्युज

काठमाडौं । सीडीएस एण्ड क्लियरिङ लिमिटेडका प्रमुख कार्यकारी अधिकृत देवप्रकाश गुप्ताको कार्यकाल यसै सातादेखि सकिने भएको छ । ४ वर्षअघि २०७२ असोज ३० गते नियुक्त भई कात्तिक ११ गतेदेखि कार्यभार सम्हालेका गुप्ताको यही असोज १० गतेदेखि कार्यकाल सकिन लागेको हो ।

गुप्ताको कार्यकाल सकिन लागेपछि सीडीएस एण्ड क्लियरिङ लिमिटेड सञ्चालक समितिमा नयाँ प्रमुख कार्यकारी अधिकृत नियुक्तिको लागि अनौपचारिक छलफल सुरु भएको छ । गुप्तालाई अर्को कार्यकालको लागि निरन्तरता दिने कि नयाँ सीईओ ल्याउने छलफल हुने गरेको एकजना सञ्चालकले जानकारी दिए ।

गुप्ता र बोर्डबीच पछिल्लो समयमा त्यति राम्रो सम्बन्ध छैन ।  खासगरी सीडीएससीले ल्याएको ‘मेरो शेयर’ एप्लिकेसनको अपग्रेड गर्ने सम्बन्धमा गुप्ता र सञ्चालक समितिबीच विवाद भएकाे थियाे ।

पछिल्लाे समय विवाद बढेपछि सञ्चालक समिति अध्यक्ष चन्द्रसिंह साउद लगायतले उनलाई निरन्तरता दिन नचाएकाे एक सञ्चालकले बताए । गुप्तालाई नै निरन्तरता दिने हो भने उनको कार्यकाल सकिनु अघि नै बोर्डले निर्णय गर्नुपर्छ ।

नेपाल स्टक एक्सचेञ्जका प्रमुख कार्यकारी अधिकृत समेत रहेका बोर्डका अध्यक्ष साउदले भने नयाँ गुप्ताको कार्यकाल सकिएपछि बोर्ड बसेर नयाँ सीईओ नियुक्ति प्रक्रिया अघि बढाउने बताए । ‘अहिलेको सीईओको कार्यकाल सकिएपछि नयाँ प्रमुख कार्यकारी अधिकृत नियुक्त गर्ने प्रक्रिया अघि बढ्छ, बोर्ड बैठक बसेर छनौट समिति बनाउँछौं’ साउदले विकासन्युजसँग भने ।

सीडीएस एण्ड क्लियरिङ लिमिटेड नेपालको एकमात्र केन्द्रिय निक्षेप प्रणाली र राफसाफको काम गर्ने संस्था हो । देशभर ७४ डिपोजिटरी पार्टनर, करिब २४० भन्दा बढी सूचीकृत कम्पनी छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.