आरबिबि मोबाइल बैंकिङ महामेलामा कैलाश सुवालले पाए थाइल्याण्ड भ्रमणको अवसर

  २०७६ कार्तिक ३ गते १७:३७     विकासन्युज


काठमाडौँ । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको आरबिबि मोबाइल बैंकिङको प्रवद्र्धनको लागि भदौ १८ देखि असोज ३० गते सम्म एफवान सफ्टको सहकार्यमा संचालन भएको महामेलाका बिजयीहरुलाई पुरस्कार वितरण गरिएको छ ।

करिब ७३ हजार कारोबारबाट र्यान्डम्ली छनौट भएका पाँच जना विजयीहरुलाई आईतबार एक समारोहका बीच पुरस्कार प्रदान गरिएको हो ।

सो समारोहमा कैलाश सुवालले थाइलैण्ड भ्रमणको कपल टुर मेगा पुरस्कार प्याकेज पाएका छन् भने सनम राई, ध्रुबकुमार शाही, प्रकाश बोहोरा, हिरा खनाल पोखरेल र सुजन पराजुलीले एक–एक थान मोवाइल फोन सेट पुरस्कार प्राप्त गरेका छन् ।

विजयीहरुलाई बैंकका नायब प्रमुख कार्यकारी अधिकृत केशबप्रसाद लम्साल र एफवान सफ्टका प्रमुख कार्यकारी अधिकृत सुवास शर्माले पुरस्कार हस्तान्तरण गरे । हाल राष्ट्रिय वाणिज्य बैंकका १० लाख भन्दा बढी मोबाइल बैंकिङ्गका ग्राहकहरु रहेको जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.