एनआरएनएका नवनिर्वाचित पदाधिकारीद्वारा सपथ ग्रहण

  २०७६ कार्तिक १ गते २२:१३     विकासन्युज

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) का नवनिर्वाचित पदाधिकारीहरुको सपथ ग्रहण सम्पन्न भएको छ ।

शुक्रबार संघले केन्द्रीय कार्यालय बालुवाटारमा अायोजना गरेको कार्यक्रममा प्रमुख निर्वाचन अायुक्त शिवप्रसाद रिजालले  सयुंक्त रुपमा पदभार तथा गोपनियताको सपथ गराए ।

कार्यक्रममा निर्वाचित सम्पूर्ण पदाधिकारीलाई प्रमाणपत्र पनि वितरण गरिएको थियो । कार्यक्रममा पूर्व अध्यक्षहरुको समेत सहभागिता रहेको थियो । पूर्व अध्ययक्ष शेष घलेले नयाँँ कार्यसमितिलाई बधाइका साथै अझ शसक्त र सामाजिक संस्थाका रुपले काम गर्न अाग्रह गरे ।

संघको अध्ययक्षमा  कुल आचार्यलाई हराउँदै कुमार पन्त विजयी भएका हुन् । पन्तले १२१७ मत ल्याउँदा आचार्यले १०७० मत ल्याए ।

यस्तै उपाध्यक्षमा डा‍. बद्री केसी, अर्जुन कुमार श्रेष्ठ, सोनाम लामा, मन केसी र रविना थापा विजयी भएका छन् । यसैगरी महासचिवमा हेमराज शर्मा र कोषाध्यक्षमा पन्त महेशकुमार श्रेष्ठ विजयी भएका छन् भने सचिवमा गौरी जोशी र आरके शर्मा विजयी भएका छन्  ।

यस्तै, सह–कोषाध्यक्षमा लोक दाहाल विजयी भएका छन् । यसैगरी युराेप संयाेजकमा नारायण प्रसाद आचार्य विजयी हुँदा उपसंयोजकमा कृष्ण प्रसाद तिमल्सिना, शुक्रराज न्याैपाने र मुक्त बहादुर गुरुङ विजयी भए ।

यसैगरी महिला संयोजकमा भोमादेवी लिम्बू, युवा संयोजकमा हिमाल गुरुङ,  मध्यपूर्व क्षेत्रको संयोजकमा प्रविन गुरुङ, उपसंयोजकमा मनोजकुमार श्रेष्ठ र राजेन्द्र अर्याल, महिला संयोजकमा सुमित्रादेवी पौडेर र युवा संयोजकमा राजु रेग्मी चयन भए ।

अफ्रिका क्षेत्रको संयोजकमा रोशन थापा र महिला संयोजकमा मनकला थापा निर्वाचित भएका छन्  । एसिया प्रशान्त क्षेत्रको संयोजकमा गोविन्द श्रेष्ठ, उपक्षेत्रीय संयोजकमा खगेन्द्र न्यौपाने र पारसमणि पोखरेल, महिला संयोजकमा अमृता थापा र युवा संयोजकमा दीपकप्रसाद कँडेल चयन भएका छन् ।

अमेरिका क्षेत्रको संयोजकमा राजन त्रिपाठी, उपसंयोजकमा रामसी पोखरेल विजयी भएका छन् । त्यस्तै महिला संयोजकमा उमा कार्की थापा र युवा संयोजकमा विमला सापकोटा चयन भएका छन् ।

ओसिएन क्षेत्रको संयोजकमा होमनाथ पाण्डे, उपसंयोजकमा नवीन कँडेल विजयी भएका छन्। त्यस्तै महिला संयोजकमा जानकी पौडेल र युवा संयोजकमा राजकुमार थपलिया विजयी भएका छन् ।

बिहीबार राति ११ बजेदेखि सुरु मतगणनाकाे नतिजा शुक्रबार मध्यान्ह आएको हो  ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.