‘माइती क्याफे’ को ५१ प्रतिशत नाफा माइती नेपाललाई, अधिकांश कर्मचारी ‘चेली’

  २०७६ असोज २९ गते १८:३७     सुनिता पुडासैनी


काठमाडौं । राजधानीको केन्द्रविन्दु नयाँ बानेश्वर चोकमा अलि फरक खालको क्याफे खुलेको छ ।  जुन ६ महिना अघि मात्र खुलेको हो । फरक खालको उद्देश्यका साथ सञ्चालित क्याफे हो ‘माइती क्याफे’ । जहाँ अधिकांश कर्मचारीहरु महिला छन् ।

माइती नेपाल फाउडेसन, फ्रि अ गल, आफ्नो नेपाल डटकमको सहकार्यमा क्याफे सञ्चालनमा आएका हो । उक्त क्याफे अरु क्याफेको तुलनामा सस्तो छ । क्याफे भित्रको दृश्य तथा डेकुरेशनले जो कोही ग्राहकको मनमा सकारात्मक सोच उत्पन्न गराउँछ र सुरक्षित महसुस गर्न सकिन्छ ।

माइती क्याफे खास उद्देश्य के हो त ? भन्ने विकासन्यूजको प्रश्नमा संस्थाका ब्यवस्थापक उत्कर्ष श्रेष्ठले चेलिबेटी बेचबिखन र महिला हिंसा विरुद्ध सक्रिय माईती नेपाल नामक संस्थालाई सहयोग गर्नु माइती क्याफेको प्रमुख उद्देश्य रहेको बताए ।

सो क्याफेबाट प्राप्त नाफाको ५१ प्रतिशत रकम माइती नेपाललाई र बाँकी रहेको ४९ प्रतिशत रकम व्यवस्थापन तथा अन्य सामाजिक कामका लागि खर्च गर्ने व्यवस्थापक श्रेष्ठले जानकारी दिए ।

माइती नेपाललाई दातामै निर्भर रहनु पर्ने बाध्यता न्यूनिकरण गर्ने अपेक्षाका साथ दिगोपनका लागि सहयोगीको रुपमा क्याफे खोलिएको उनले बताए । माइती नेपालमा आश्रय लिएर बसेका चेलीहरुलाई क्याफेमा काम गलाएर उनीहरुको आत्मबल बढाउने गरिएको छ ।

क्याफेका प्रमुख सञ्चालक समिर पन्थी हुन् । लामो समयदेखि अमेरिकामा व्यवसाय गर्दै आएका युवा उद्यमी पन्थी एक अभियन्ता हुन् । उप्रेन्द्रबहादुर श्रेष्ठ, प्रविन शम्शेर राणा र मनिष कोइरालाको लगानीमा ‘माइती क्याफे’मा सञ्चालन भएको हो । साँढे दुई करोडको लागतमा ‘माइती क्याफे’ सञ्चालनमा आएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.