नेपालमै पहिलोपटक नेपाल मेडिसिटी अस्पतालमा थेराप्युटिक प्लाज्मा एक्स्चेन्ज प्रक्रिया सफल

  २०७६ असोज २८ गते १०:४१     विकासन्युज

काठमाडौं । आधुनिक पद्धतिबाट शरिरको प्राणघातक एन्टिबडि(आफ्नो शरीरलाइ घात गर्ने तत्व) निकाल्ने थेराप्युटिक प्लाज्मा एक्स्चेन्ज प्रक्रिया नेपालमै पहिलो पटक नेपाल मेडिसिटी अस्पतालमा एक ३३ वर्षीय पुरुष बिरामीमा सम्भव भएको छ ।

नेपाल मेडिसिटी अस्पतालको आइसियुमा सोमबार यो प्रक्रिया मृगौला, मुटु र फोक्सोमा समस्या देखिएका बिरामीमा सम्भव भएको हो ।

नेपाल मेडिसिटी अस्पतालका आइसियु विभाग प्रमुख डा. दिप्तेश अर्यालका अनुसार बिरामीमा भास्कोलाइटिस विथ किड्नी फेल्युर विथ हेमोरेजको समस्या रहेको थियो । मृगौलासंगै, नसारोग, फोक्सोरोग, सेप्सीस, इन्डोक्राइन सम्बन्धित लगायतका अन्य समस्या भएको अवस्थामा यो पद्धति अपनाउन सकिने डा.अर्यालको भनाइ छ ।

रगतमा हुने तरलता र रक्तकोशबाट प्रोटिन निकाली अर्को प्लाज्मा राख्ने यो प्रक्रियाका लागि करिब २ घण्टा लागेको थियो । सोमबार पहिलोपटक सफल भएको थेराप्युटिक प्लाज्मा एक्स्चेन्ज थप केहि चरणका गर्न आवश्यक रहेको चिकित्सकहरुको भनाइ छ ।

त्यस्तै, नेपाल मेडिसिटीको ब्लड बैंक इन्चार्ज बिपुल गौतमका अनुसार थेराप्युटिक प्लाज्मा एक्स्चेन्ज प्रक्रिया एफेरेसिस उपकरणबाट सम्भव भएको हो । अस्पतालमा एफेरेसिसले स्टिम सेल, रेडसेल एक्स्चेन्स,प्लेटलेट एक्स्चेन्ज लगायतका कार्य गर्दै आइरहेको उनले बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.