परिसंघले प्रधानमन्त्रीलाई भेटेर भन्यो–‘धेरै नयाँ कानुन बन्दा र व्यवसायी माथि धरपकट हुँदा गम्भिर समस्या’

  २०७६ असोज २७ गते २०:३२     विकासन्युज

काठमाडौं । एकै पटक धेरै प्रकारका नयाँ कानुन बनेको र व्यवसायीहरुमाथि धरपटक भएको भन्दै नेपाल उद्योग परिसंघले प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यानाकर्षण गरेको छ । सामान्य त्रुटिमा समेत उद्योगी व्यवसायीलाई पक्राउ गर्ने जस्ता घटनाले व्यवासायिक क्षेत्र हतोत्साहित हुन सक्ने अवस्था आएको पनि परिसंघको अध्यक्ष सतिश कुमार मोरले प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका छन् ।

‘एकै पटक आएका धेरै प्रकारका नयाँ–नयाँ कानुन र नियमनकारी व्यवस्थाले उद्योगी व्यवसायीहरु दवावमा पर्दा नयाँ लगानीका लागि वातावरणमा संकुचन देखिएको विषयमा अध्यक्ष मोरले प्रधानमन्त्रीको ध्यानाकर्षण गराउनु भयो’ परिसंघले जारी गरेको सूचनामा उल्लेख गरिएको छ ।

कार्यान्वयनतहमा देखिएका समस्या समाधानका लागि अर्थ मन्त्रालय, उद्योग वाणिज्य तथा आपूर्ती मन्त्रालय र राष्ट्र बैँकलगायत सम्बन्धित निकायको सहभागितामा प्रधानमन्त्री कै मातहतमा उच्चस्तरिय समिति गठन गर्न पनि अध्यक्ष मोरले माग गरेका छन् ।

सो अवसरमा परिसंघका निवर्तमान अध्यक्ष हरिभक्त शर्माले सरकारका विभिन्न निकायमा छिटो–छिटो सरुवा तथा विभागिय फेरवदल हुदाँ त्यसको प्रतिकूल असर उद्योग व्यवसायमा परेको बताए । त्यसैगरी उनले वित्तीय क्षेत्रमा तरलता अभाव कम गर्न तथा पूँजी बजारमा लगानीकर्ताको मनोबल बढाउन प्रधानमन्त्रीले थप पहल लिनु पर्ने अवस्था बताएका छन् । आएको तर्फ पनि परिसंघ प्रमण्डलले ध्यानाकर्षण गराएको थियो ।

आइतबार साँझ परिसंघका अध्यक्षसहित पदाधिकारीहरुले प्रधानमन्त्री ओलीसँग बालुवाटारमा भेट गरेको हो । परिसंघले चीनका राष्ट्रपतिको भ्रमण अत्यन्तै सफल भएकोमा प्रधानमन्त्रीलाई बधाइ दिएको छ । भ्रमणका क्रममा भएको सम्झौता तथा समझदारीले हिमाल सीमापार÷बहुआयामिक सम्पर्क विस्तारमा थप महत्व दिएको, साथै यसबाट निजी क्षेत्र उत्साहीभएकोले त्यसको कार्यान्वयनका लागि तिब्र सकृयताको खाँचो रहेको परिसंघले जनाएको छ ।

प्रधानमन्त्रीसँगको भेटमा परिसंघको तर्फबाट उपाध्यक्षहरु निर्वाण चौधरी, विरेन्द्रराज पाण्डे र राष्ट्रिय परिषद सदस्य अनलराज भट्टराई सहभागि थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.