कृषि विकास बैंकद्वारा आकर्षणको केन्द्रविन्दु बनाइयाे माईतीघरमण्डला

  २०७६ असोज २७ गते ११:४२     विकासन्युज

काठमाडौं । कृषि विकास बैंक लिमिटेडले आफनो लगानीमा माईतीघरमण्डलामा नेपाली संस्कृति झल्किने गरी रङगोली सहितका चित्र आकर्षण ढंगले कोरिएको छ ।
छिमेकी राष्ट्र चिनका महामहिम राष्ट्रपति सि चिनफिङको नेपाल भ्रमणलाई लक्षित गरी उक्त कार्यक्रमा गरेको हो ।

मण्डलामा आकर्षण फूलका बिरुवाहरुका साथै फलफुलको बिरुवा समेत लगाईएको छ जसले मण्डलालाई हराभरा बनाएको छ भने रातको समयमा ईलेक्ट्रीकवोर्डमो डिसपेले भएको वृतचित्रले नेपालको संस्कृितलाई समेटेको देख्दा छुट्टै आनन्दको महसुस गरिएको थियो ।

चिनका महामहिम राष्ट्रपति लगायत सम्पूर्ण पाहुनाहरुको मुख्य आकर्षणको केन्द्र विन्दु नै माईतिघरमण्डला भएको भान सबैले महसुुस गरेको देखिन्छ । साथै आज भोली माईतिघर मण्डला आम मानिसको सेल्फि खिच्ने केन्द्र विन्दु भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.