नेपालमा उत्पादित सुन्तला तथा जुनार अब सजिलै चिनियाँ बजारमा

  २०७६ असोज २६ गते १५:५५     विकासन्युज

काठमाडौं । चिनियाँ राष्ट्रपति सी जीङपिङले नेपाल भ्रमणको क्रममा नेपालमा उत्पादित सुन्तला, कागती, जुनार तथा फलफूलहरु चीन निर्यात गर्न पाउने सहमति भएकाे छ ।

लामो समयदेखि झन्झटिलो क्वारेन्टाईनका कारण सुन्तला तथा जुनारजन्य फलफूल निर्यातमा चीनले रोक लगाएको थियो ।

हालै चिनीयाँ राष्ट्रपतिको राजकिय नेपाल भ्रमणका बेलामा भएको २० बुदेँ सहमति भित्र कृषि क्षेत्रबाट कृषि तथा पशुपन्छी विकास मन्त्री चक्रपाणी खनालले सो प्रस्ताव राखेका हुन् ।

जस अन्तर्गत नेपालको सुन्तला, कागती साथै जुनार चीनमा निर्यात गर्न चीन सरकारले स्विकृति दिनु पर्ने रहेको थियो उक्त प्रस्ताव सहजै स्वीकृत भएको छ ।

चिनियाँ राष्ट्रपतिका साथै प्रधानमन्त्री केपी ओलीको उपस्थितिमा चिनियाँ राजदूत र कृषि मन्त्रालयका सचिव डा. युवकध्वज जिसीबीच सो विषयमा साझेदारी भएको थियो । उक्त साझेदारीमा चिनियाँ मापदण्ड भित्र परेका सबै नेपाल फलफूल नेपालबाट चिनियाँ बजारमा सहजै लैजान सक्ने कृषिमन्त्रालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.