९७ रुपैंया मूल्य भएको कम्पनीको २५ लाख कित्ता शेयर लिलामीमा

  २०७६ असोज १६ गते ९:३१     विकासन्युज

काठमाडौं । बजारमा ९७ रुपैंयामा अन्तिम कारोबार भएको कम्पनीको २५ लाख कित्ता शेयर लिलामीका लागि बोलपत्र खुला हुने भएको छ । असोज ३० गतेदेखि कात्तिक ७ गतेसम्मको समय दिएर मल्टिप्रपोज फाइनान्सले १८ लाख ६० हजार कित्ता संस्थापक र ६ लाख २६ हजार कित्ता साधारण शेयरका लागि बोलपत्रमार्फत् बिक्री आह्वान गर्न प्रस्ताव गरिएको हो ।

उक्त शेयरको न्यूनतम बिक्री मूल्य नै १०० रुपैंया तोकिएको छ जुन बोलपत्र आह्वान गरिएको दिन (बिहीबार)सम्म रहेको अन्तिम मूल्यभन्दा ३ रुपैंया कम हो । सामान्यतयाः बोलकबोल लिलामीबाट शेयर उठाउनेले बजारमूल्यभन्दा कम्तीमा पनि १० प्रतिशत सस्तो मूल्यमा शेयरको अपेक्षा राखेका हुन्छन् । यसो गर्दा मल्टिप्रोपोज फाइनान्सको शेयरका लागि ९० रुपैंयासम्म हाल्न आवेदकहरु तयार हुन्छन्, अझ बजारमा सीधै बिक्री नहुने संस्थापक शेयरको मूल्य त झन् सर्वसाधारण शेयरभन्दा पनि कम हुनुपर्ने हो तर यहाँ न्यूनतम मूल्य नै १०० रुपैंया तोकिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.