एनआईसी एशियाको चाडपर्व लक्षित योजना, देशभर पैसा पठाउन शुल्क नलाग्ने

  २०७६ असोज १५ गते १६:०८     विकासन्युज


काठमाडौँ । एनआईसी एशिया बैंकले दशैं, तिहार, नेपाल सम्वत् र छठ पर्वको अवसरलाई मध्यनजर गर्दै एनआईसी एशिया रेमिटको चाडपर्व लक्षित योजना ‘निःशुल्क आन्तरिक रेमिट्यान्स सुविधा’ सञ्चालनमा ल्याएको छ ।

यो योजना अन्तर्गत एनआईसी एशिया रेमिटबाट दशैं, तिहार, नेपाल सम्वत् र छठ पर्वको अवसरमा नेपालभरी एक ठाउँबाट अर्काे ठाउँमा सित्तैमा आन्तरिक रेमिट्यान्स रकम पठाउन सकिने योजना सञ्चालनमा ल्याएको हो ।

उक्त विप्रेषण रकम यस बैंकका मुलुकभर फैलिएको ३०१ शाखा कार्यालय, ७२ वटा विस्तारित काउण्टर, ४२ वटा शाखारहित बैंकिङ्ग इकाई एवं ९,००० भन्दा बढी सहायक प्रतिनिधिहरुमार्फत् सरल र सुलभ रुपमा तुरुन्त भुक्तानी पाउन सकिने छ ।

असोज १४ गतेदेखि कात्तिक १६ गतेसम्म लागू हुने योजनाबाट चाडपर्वहरुको समयमा ग्राहकहरुले बिना झन्झट धेरै शाखा सञ्जाल भएको यस बैंकमार्फत् रकम पठाउन र प्राप्त गर्न सक्ने बैंकले विश्वास लिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.