मारुती सुजुकीको एसयुभि ‘एस-प्रेसो’ सार्वजनिक, तीन लाख ६९ हजारमै पाइने

  २०७६ असोज १४ गते १९:४९     विकासन्युज


काठमाडौँ । मारुती सुजुकीले भारतमा आफ्नो विल्कुलै नयाँ एसयूभी ‘एस–प्रेसो’ लञ्च गरेको छ जसको भारतीय बजारमा सुरुवाती मूल्य रु. तीन लाख ६९ हजार तोकिएको छ । यो कार स्ट्याण्डर्ड, एलएक्सआइ, भिएक्सआइ, भिएक्सआइ प्लस, भिएक्सआइ एएमटि र भिएक्सआइ प्लस एएमटि गरी ६ अलग भेरियन्टहरुमा उपलब्ध रहेको छ ।

एबीएस, ड्राइवर–साइड एयरब्याग, रियर पार्किङ्ग सेन्सर्स, सिट–बेल्ट रिमाइन्डर्स, डिजिटल स्पिडोमिटर र स्पिड अलर्ट सिस्टमजस्ता फिचरहरु यस कारका सबै भेरियन्टमा पाउन सकिन्छ । प्यासेन्जर साइड एयरब्याग, म्यानुअल एयर कण्डिस्नर, भ्वाइस रिकग्निशन सहितको ७.० इञ्च टचस्क्रिन इन्फोटेन्मेन्ट सिस्टम, स्टेयरिङ्ग–माउण्टेड कन्ट्रोल्स, रियर पार्सल ट्रे र १२ भोल्टको सकेटजस्ता फिचरहरु चाहिँ एस–प्रेसोका अलि महँगा भेरियन्टहरुमा मात्र पाउन सकिन्छ ।

यस कारमा प्रयोग भएको इञ्जिन बिएस६–कम्प्लिएन्ट १.० लि. पेट्रोल इञ्जिन हो जसले ६८ एचपिको पावर र ९० एनएमको टर्क प्रोड्यूस गर्दछ । यस कारका माथि उल्लेख गरिएकाहरु मध्येका पहिलो चार भेरियन्टहरुमा ५–स्पिड म्यानुअल ट्रान्समिशन दिइएको छ भने भिएक्सआइ एएमटि र भिएक्सआइ प्लस एएमटि भेरियन्टमा चाहिँ अटोमेटिक म्यानुअल ट्रान्समिशन दिइएको छ जसमा गियर चेन्ज गर्न क्लचको आवश्यकता पर्दैन ।

५ सिटर यस कारको म्यानुअल ट्रान्समिशन भएका भेरियन्टहरुले २१.४ केएमपिएलको माइलेज दिन्छ भने अटोमेटिक म्यानुअल ट्रान्समिशन भएका भेरियन्टहरुले चाहिँ २१.७ केएमपिएलको माइलेज दिन्छन् । भारतीय  बजारमा एस–प्रेसोको टप भेरियन्ट भिएक्सआइ प्लस एएमटिको मूल्य चाहिँ रु. चार लाख ९१ हजार रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.