कान्तिपुर इञ्जिनियरिङ कलेजमा दोस्रो अन्तराष्ट्रिय सम्मेलन सम्पन्न

  २०७६ असोज १३ गते १५:०८     विकासन्युज

काठमाडौँ । कान्तिपुर इञ्जिनियरिङ कलेजले इन्जिनीयरिङ र प्रविधि विषयको दोस्रो अन्तराष्ट्रिय सम्मेलन असोज ९ गते कलेज परिसर धापाखेल ललितपुरमा सम्पन्न गरेको छ ।

सो सम्मेलनको उद्घाटन नास्टका उपकुलपति डा. सुनिलबाबु श्रेष्ठले गरेका थिए ।

कान्तिपुर इन्जिनीयरिङ कलेजका प्रिन्सिपल रामेश्वर रिजालले स्वागत भाषण गरे भने भने नेपाल इन्जिनीयरिङ परिषदका उप–सभापति अर्नराज सिलवाल र नेपाल इन्जिनीयस् एसोसिएसनका उप सभापति आसीस घिमिरेले केइसी सम्मेलनका बारेमा मन्तव्य राखे ।

सो उद्घाटन समारोहको अध्यक्षता कान्तिपुर इन्जिनीयरिङ कलेजका अध्यक्ष डा. ताराप्रसाद पोखरेलले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.