सिप्रदीले मिसिलिन टायरको बिक्री सुरु गर्यो

  २०७६ असोज ७ गते १९:५०     विकासन्युज


काठमाडौँ । नेपालकै सबैभन्दा ठूलो व्यवसायिक कम्पनी सिप्रदी ट्रेडिङ प्रालिद्वारा नेपाली बजारमा एक सय तीस वर्ष पुरानो इतिहास बोकेको फ्रान्सेली टायर कम्पनी मिसेलिन आधिकारिक रूपमा सार्वजनिक गरिएको छ ।

होटल अन्नपूर्णमा मंगलबार आयोजित एक विशेष कार्यक्रमका बीच मिसेलिन टायरहरू नेपाली बजारमा सार्वजनिक गरिएको हो । मिसेलिन टायर्सका महाप्रबन्धक प्रदीप थम्पी र सिप्रदी कम्पनीजका प्रमुख कार्यकारी अधिकृत राजनबाबु श्रेष्ठले संयुक्त रूपमा मिसेलिनका लोगो र उत्पादनहरू सार्वजनिक गरेका हुन् ।

सन् १८८९ मा स्थापना गरिएको मिसेलिनका टायरहरू एक सय सत्तरी देशहरूमा उपलब्ध छ र विश्वभर नै ६९ वटा उत्पादन केन्द्रहरू रहेका छन् । नवीनता तथा दिगो विकासको नेतृत्वकर्ता मिसेलिनको तीनवटा उत्पादन रेन्जहरू
(कमर्सियल, प्यासेन्जर तथा टु–ह्वीलर सेग्मेण्टहरू) नेपाली बजारमा उपलब्ध छ ।

सिप्रदीले सन् २०१६ मा मिसेलिनलाई आफ्नो कम्पनी पोर्टफोलियोमा समावेश गरेको थियो । त्यसयता सडकको अवस्थाअनुसार ग्राहकका निश्चित आवश्यकताहरू अनुसारका टायरहरू आपूर्ति गर्न नेपाली सडकहरूमा व्यापक र गहन अध्ययन गरिरहेको छ । अहिले अनुभव र ज्ञानको मिश्रण मिसेलिन टायरहरूका साथमा उपभोक्ताहरूले सुरक्षित र प्राविधिक अत्याधुनिक टायरहरू अनुभव गर्न सक्छन् ।

सो कार्यक्रममा बोल्दै मिसेलिन टायर्सका महाप्रबन्धक थम्पीले भने–‘सिप्रदीमार्फत् नेपाली बजारमा मिसेलिन टायरहरू सार्वजनिक गरेर नेपालमा आफ्नो बजारको बिस्तार गर्न पाएर हामी एकदम खुसी छौँ ।’ मिसेलिनका उत्पादनहरूले एकदम राम्रो प्रतिक्रिया पाइरहेको उनले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.