लामो दुरीको गाडीमा दुई जना चालक राख्नै पर्ने, ट्राफिक प्रहरीले थानकोटमा ड्राईभरको फोटो खिच्ने

  २०७६ असोज ७ गते १३:१३     विकासन्युज


काठमाडौँ । ट्राफिक प्रहरी प्रमुख एसएसपी भीमप्रसाद ढकालले चाडपर्वलाई लक्षित गरेर देशैभरि आफूहरुले विशेष ट्राफिक व्यवस्थापन गरेको स्पष्ट पारे ।

काठमाडौँमा आयोजित कार्यक्रममा उनले भने–‘अहिलेको अवस्था भनेको विशेष अवस्था हो, हामीले सोही अनुसारको टा«फिक व्यवस्थापन गरेका छौं । सवारी आवागमन धेरै छ, किनमेल गर्न जानेदेखि लिएर अन्य कुराको भीड छ । हामीले पनि त्यहीअनुसारको सुरक्षा व्यवस्था गरिराखेका छौं ।’ यात्रुहरुलाई सजिलो तुल्याउने गरी आफूहरुले सुरक्षा व्यवस्था अपनाएको उनको भनाई छ ।

उनले यात्रुहरुलाई सहज होस् भनेर नै सरोकारवाला निकायसँगको सहकार्यमा बसपार्कहरुमा नागरिक सहायता कक्ष पनि सञ्चालनमा ल्याईएको सुनाए । जसअन्तर्गत काठमाडौँको नयाँ बसपार्कमा अहिले १४ वटा कक्ष सञ्चालनमा रहेका छन् । उनले एक दुई दिनभित्र अन्य स्थानमा पनि यस्तै कक्ष सञ्चालनमा आउने विश्वास दिलाए ।

सवारीसाधन दुर्घटनाको तथ्यांक हेर्दा धेरै दुर्घटना चालकको लापरवाहीको कारणले भएको देखिएको सुनाउँदै ढकालले यसतर्फपनि आफूहरुले विशेष ध्यान दिएको सुनाए । उनले भने–‘चालकको लापरवाहीको कारणले धेरै दुर्घट्ना भएको देखिन्छ । मादक पदार्थ सेवन गर्ने, एउटै चालकले लामो दुरीसम्म गाडी चलाउने कारण बनेका छन्, यसलाई मध्येनजर गर्दै हामीले लामो दुरीको गाडीमा अनिवार्य रुपमा दुई जना चालक राख्न कडाई गरेका छौं । यसको लागि काठमाडौंबाट छुट्ने गाडीमा थानकोटमा ड्राईभरको फोटो लिन्छौं । र, सोही फोटो अरु ठाउँमा पुर्याउँछौं ।’

चाडपर्वको मुखमा दुर्घट्ना हुनु दुःखद् कुरा भएको सुनाउँदै त्यस्तो दुर्घट्ना नहोस भनेर नै विशेष सुरक्षा व्यवस्था अपनाईएको उनको भनाई छ । उनले अहिले टा«फिक प्रहरीको जनशिक्त १३ सय ६८ जना रहेको सुनाए । यसमध्ये २ हजार १४ जना काठमाडौंमा मात्रै खटिररहेका छन् । उनले भने–‘६, ७ सय सवारी एक जना टा«फिक प्रहरीले हेर्नुपरेको छ । त्यस्तै, ‘हिट एण्ड रन’ का घटनापनि बढेकोले आफूहरुले त्यसको लागि धेरै जनशक्ति थपेको उनले सुनाए ।

ढकालले बसपार्कमा यात्रुहरुलाई सास्ती नहोस् र कोहीपनि यात्रु नठगिउन भन्नको लागि बसपार्कमा खटिने कर्मचारी, यातायात व्यवसायीलाई अनिवार्य पोशाकको व्यवस्था गरेको पनि सुनाए । त्यस्तै, सादा पोशाकमा पनि प्रहरी परिचालित रहेको उनको भनाई छ । जनचेतनाको लागि काठमाडौं बसपार्कबाट छुट्ने गाडीमा अडियो–जिंगल बजाउनको लागि एक हजार गाडीलाई वितरणगरिएको पनि उनले जनाए ।

उनले काठमाडौंको ट्राफिक व्यवस्था राम्रो रहेको सुनाए । सवारी नियम उल्लंघन गर्नेहरु दैनिक १६, १७ सय सवारीहरु कारवाहीमा पर्ने गरेको पनि उनले आँकडा सुनाए । त्यस्तै, मापसे गर्नेपनि दैनिक १५० जना कारवाहीमा परेका छन् । ढकालले चाडपर्व लक्षित गरेर ५ सय जना युवा स्वयमसेवीहरु  परिचालित भएको पनि सुनाए । उनले विगतभन्दा यसपटक राम्रो भएको अनुभुति जनताले पाईरहेको दाबी गरे ।

ढकालले केही समस्या परे सिधै आफूहरुलाई सम्पर्क गर्नपनि सुझाए । त्यसको लागि उनले १०३ मा सम्पर्क गर्न आग्रह गरेका छन् । आफूहरु चौविसै घण्टा सेवमा समर्पित रहेको उनको भनाई छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.