यसकारण नेपालमा चर्चित बन्न सक्छ नयाँ सुजुकी जिक्सर

  २०७६ असोज ३ गते ९:०६     विकासन्युज


काठमाडौँ । सुजुकीले केहि समय अघि भारतमा २०१९ मोडलको जिक्सर १५५ लाई पुरानो जिक्सरभन्दा फरक डिजाइनका साथ लञ्च गरेको थियो । अहिलेको डिजाइनले जिक्सर १५५ लाई अझ बढी एग्रेशिभ र मस्कुलर देखिनमा मद्दत पुर्याएको छ ।

सुजुकीले यस बाइकमा विल्कुलै नयाँ फ्ल्याट एलईडी हेडलाइट दिएको छ, जुन पहिलेको तुलनामा थप आकर्षक देखिन्छ । त्यसैगरी यसमा नयाँ थपिएको ट्याङ्क स्राउडको कारणले यो बाइकलाई मस्कुलर र एग्रेशिभ पनि बनाएको छ । सुजुकीले नयाँ एलईडि टेल लाईट र मडगार्डजस्ता कुराहरु दिएर यसको टेल सेक्सनलाई पनि अपडेट गराएको छ ।

त्यसैगरी पहिलेको जिक्सर १५५ मा सिङ्गल पिस सिट थियो भने अहिलेको जिक्सरमा चाहिँ स्प्लीट सिट दिइएको छ । यस बाइकमा दिइएको नयाँ इन्स्ट्रुमेन्ट कन्सोलले चाहिने जति सवै इन्फर्मेशन डिस्प्ले गर्दछ र यसको लुक्स पनि सेग्मेन्ट मध्येकै राम्रो मानिएको छ ।

५–स्पिड गियरबक्स दिइएको २०१९ जिक्सर १५५ मा १५५ सीसी सि¨ल सिलिण्डर एयरकुल्ड इञ्जिन दिइएको छ जसले पहिलेको भन्दा केहि कम पावर प्रोड्यूस गर्दछ । पहिलेको कार्बुरेटेड इञ्जिनलाई फ्यूल इन्जेक्टेड बनाएको हुनाले यसको पावरमा थोरै कमी आएको कम्पनीले जनाएको छ ।

तर, यसको सवल पक्ष चाहिँ के हो भने यस फ्यूल इन्जेक्टेड इञ्जिनले बाइकले दिने माइलेजमा लामो समयसम्म एकरुपता ल्याउनका साथै इञ्जिन चिसिएर स्टार्ट नहुने समस्यालाई पनि समाधान गर्दछ । यो नयाँ एफआई इञ्जिनले १४.१ पिएसको पावर र १४ एनएमको टर्क प्रोड्यूस गर्दछ ।

दुवै चक्कामा डिस्क ब्रेक दिइएको यस बाइकको अगाडिको चक्कामा एबिएस पनि दिइएको छ जसले बाइकलाई थप सुरक्षित समेत बनाएको छ । बजारमा २०१९ जिक्सर १५५ सिल्भर, ब्ल्याक र ब्ल्याक–ब्लू गरी ३ कलर अप्सन्समा उपलब्ध छन् ।

नेपालका लागि सुजुकी टू व्हिलर्सको आधिकारीक विक्रेता भीजी अटोमोवाइल्स प्रालिले नेपाली बजारमा २०१९ जिक्सर १५५ को मूल्य रु.३,१५,९०० तोकेको छ । यसको आकर्षक लुक्स त्यसैगरी एफआई इञ्जिन र एबिएस जस्ता आधुनिक फिचर्सका कारण यस बाइकले बजारमा राम्रो पकड जमाउने छ भन्ने कम्पनीले विश्वास गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.