राजधानीमा अष्ट्रेलियन एजुकेशन फेयर, अष्ट्रेलिया कसरी जाने बारे परामर्श

  २०७६ असोज २ गते १५:४६     विकासन्युज


काठमाडौ । नेप्लिज एशोसियन अफ अष्ट्रेलियन एजुकेशन रिप्रेजेन्टेटिभ (नायर) ले राजधानीमा बिहीबार ‘नायर अष्ट्रलियन एजुकेशन फेयर’ को आयोजना गरेको छ ।

अष्ट्रेलियामा पढ्न चाहने नेपाली विद्यार्थीलाई शिक्षा प्रणाली, भिसा प्रकृया, छात्रवृत्तीको बारेमा आवश्यक सूचना मेलामा प्रवाह गरिएको छ । मेला बिहान १० बजेदेखी ५ बजेसम्म चल्नेछ । विभिन्न कलेज तथा युनिर्भसिटी तथा कन्सल्टेन्सिहरु गरि २० वटा भन्दा बढी संस्थाहरुको सहभागिता रहेको छ ।

मेलामा छात्रवृत्ति, आईएलटिएसमा उच्च अंक प्राप्त गर्ने तरिका तथा करियर काउन्सिलिङ्गका विषयमा जानकारी दिइएको छ । मेलामा विद्यार्थी तथा अभिभावकले निःशुल्क प्रवेश गर्न पाउने छन् भने मेलामा सहभागी हुने २०० आगन्तुकको लागि आकर्षक उपहार समेत राखिएको छ ।

अस स्टडिज, ब्रिज ब्लु, डंलफिन एजुकेशन, एडुब्रिज, एजुकेशन फस्ट, एजुकेशन पार्क, एक्सपर्ट एजुकेशन, ग्लोबल रिच, हब जस्ता परामर्श दिने संस्थाहरुको स्टल मेलामा रेहका छन् । यस्तै मेन्टर, मोटिफ एजुकेशन अब्रोड, नेपाल एजुकेशन कन्सल्टेन्सी, नेप्लिज इन्काउन्टर्स, ओली एण्ड एसोसिएट्स, प्रोफेशनल एजुकेशन, राइट एण्ड एसोसिएसन, द नेक्स्ट समेतको मेलामा उपस्थिति छ ।

साथै, मेलामा युनि क्याम्पस र भिआईइसी लगायतका नेपालको उत्कृष्ट शैक्षिक परामर्श दिने संस्थाहरुको स्टल मेलामा रहेको नायरका अध्यक्ष विज्ञान श्रेष्ठले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.