आईटीमा लगानी नगरे जोखिम अझ बढ्ने, वित्तीय संस्थाले अटेर गरे राष्ट्र बैंकले निर्देशन दिनेः गभर्नर

  २०७६ असोज २ गते १२:०६     विकासन्युज

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जिबि नेपालले सूचना प्रविधि(आईटी) को क्षेत्रमा लगानी बढाउन सुझाव दिएका छन् । विश्व बजारमा नयाँ नयाँ प्रविधि भित्रिएसँगै जोखिम बढ्दै गएकोले आईटीलाई फलो गर्न नसके समय सयममा यस्ता संकटहरू आइपरिरहने बताए ।
नेशनल बैंकिङ इन्स्टिच्युट(एनबीआई) द्वारा बिहीबार राजधानीमा आयोजित कार्यक्रममा नेपाल राष्ट्र बैंकका गभर्नर डा.चिरञ्जीबि नेपालले आईटीमा लगानी नगर्दा बैंक तथा वित्तिय संस्थाहरूको वर्षाैको आम्दानी जोखिम परेको बताए । वर्षौ लगाएर कमाएको रकम एक क्लिकमै नोक्सान हुन सक्ने भएकोले यसबाट जोगिन आईटीमा लगानी गर्न बैंक तथा वित्तीय संस्थालाई उनले आग्रह गरे ।

‘विशेषतः अन्य क्षेत्रमा भन्दा वित्तीय क्षेत्रले आईटीमा लगानी गर्नुपर्छ,’ उनले भने ‘तपाईहरूले लगानी गर्नुभएन भने राष्ट्र बैंकले निर्देशन जारी गरेर भएपनि लगानी गर्न लगाउँछ ।’ १९ दिन अघि नेपाली बैंकको एटीएमबाट चिनियाँ नागरिकहरूले ठूलो नेपाली रकम झिकेका थिए । यसबाट जोगिन आईटीमा लगानी गर्नुपर्ने आवश्यकता छ । आईटीमा गरेको लगानीले तपाईहरूले धेरै कमाउन सक्नु हुन्छ ।’ यसमा लगानी नगरे बैंकहरूले ३० वर्ष लगाएर कमाएको पैसा डुब्छ,’ उलने भने ।

अब पनि बैंक तथा वित्तीय क्षेत्रले आईटीमा लगानी गर्न आनाकानी गरे राष्ट्र बैंकले निर्देशन नै दिने उनले बताए । आईटी क्षेत्रमा छुट्याएको लगानीले पुग्दैन, यसको अडकल पनि गर्न सकिदैन,’ उनी भन्छन् ‘ नेपालको आईटी क्षेत्र अत्यन्त कमजोर छ । १४ वर्षको बच्चाले पनि यहाँको बैंकलाई ह्याक गर्न सक्छ ।’ गभर्नर डा. नेपालले संस्थागत सुशासन र कर्मचारी तालिममा जस्तै सूचना प्रविधि पनि नाफाको निष्चित प्रतिशत लगानी गर्ने व्यवस्था गर्नुपर्ने बताए ।

नेपालमा बैंकिङ क्षेत्र साइबर आक्रमणको उच्च जोखिममा परेको बताउँदै एनबीआईका प्रमुख कार्यकारी अधिकृत सञ्जिब सुब्बाले बैंकहरूले प्रविधिमा ठूलो मात्रामा लगानी बढाउन अत्यावश्यक रहेको बताए । ‘नेपालका बैंक तथा वित्तिय संस्थाहरू साइबर आक्रमणको उच्च जोखिममा रहेकाले जुनसुकै समयमा ठूलो दुर्घटना निम्तिन सक्ने चेतावनी समेत उनले दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.