विश्वकर्मा पूजाको दिन सवारी पूजाः ‘बीमा गरेर बनाउन सकिन्छ थप सुरक्षित’

  २०७६ असोज १ गते १८:५५     नबिन पोखरेल


काठमाडौ । सवारी साधनलाई पूजा गरेर बुधबार विश्वकर्मा पूजा गरिंदैछ । सवारी साधनलाई सुरक्षित बनाउन विश्वकर्मा पूजाको दिन जसरी महत्वका साथ पूजा गरिन्छ, त्यो भन्दा बढी आवश्यक बीमा गर्नु रहेको बीमा क्षेत्रका विज्ञहरु बताउँछन् ।

तर, बीमाको महत्व अझै बुझाउन सकिएको छैन । जनरल इन्स्योरेन्स कम्पनीका एक्टिङ सिईओ एसके टमोटले भने–‘हामीलाई सवारी पूजा गर्नु पर्छ भन्ने सानैबाट सिकाइयो, तर सवारीको बीमा गर्नु पर्छ भन्ने कुरा सिकाइएन, सोही कारण सवारी सुरक्षाका लागि पूजा मात्र गरिन्छ ।’

एक्टिङ सीईओ तमोटले आज विश्वकर्मा पूजाको दिनमा पनि आफ्नो सवारीको पूजा गरेका छैनन् । अहिले पूजा नगरेपनि दशैँको बेलामा भने सवारी पुज्ने गरेको बताए ।बीमाको आफ्नै महत्व भएकाले बीमा गराउँदा आफ्नै सुरक्षा हुने उनले तर्क गरेका छन् । साथै आपूmहरुले समेत बीमा चेतना वृद्धि गर्न समय समयमा सघाउँदै आएको बताए ।

हामीले एक पटक बीमा गर्नुस भन्छौँ, २ पटक बीमा गर्नुस् भन्छौँ, ३ पटकपनि बीमा गर्नुस् भन्छौँ, तर चौथो पटकबाट हामीलाई नै भन्ने जाँगर हराउँछ । बीमा व्यवसाय भनेको नाफामुलक मात्र नभई सेवामूलक व्यवसाय हो । हामीले पोलिसी बेचेपछि हाम्रो काम सकिन्न, भर्खर सुरु हुन्छ । ३ पटकसम्म बीमा गर्न हामीले अनुरोध गर्नको कारण बीमितले राम्रोसँग बीमालाई बुझुन् भन्ने हो–उनले बताए ।

सडकमा रहेको जोखिमलाई गाडी पूजा गरेर मात्र नभई बीमा गरेर थप सुरक्षित बनाउन सकिने उनको तर्क छ ।
यस्तै, सगरमाथा इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत(सीईओ) चंकी क्षेत्री भन्छन्–‘सवारी बीमा गर्न आवश्यक हुनुको कारण सडक आफँैमा जोखिमपूर्ण क्षेत्र भएकाले हो ।’ उनले सडकमा आफूले बचेर चलाउँदा समेत अर्कोले गर्ने लापरवाहीले आफूलाई असर पुर्याउने भएकाले बीमा आवश्यक हुने बताए ।

भगवानको पूजा आस्थाका कारण गरिन्छ भने दुर्घटना हुँदा भगवानलाई नै दोष दिने चलन हाम्रोमा छँदैछ । तर, हामीले दोष दिनु भन्दा समयमा नै बीमा गर्नु पर्छ भन्ने हो–सीईओ श्रेष्ठले भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.