कार्यदल गठन गर्न निर्माण व्यवसायीको आग्रह

  २०७६ भदौ ३० गते १८:०७     विकासन्युज


काठमाडौँ । निर्माण व्यवसायीहरुले निर्माण व्यवसायलाई व्यवस्थित र दिर्घकालीन रुपमा सम्बोधन गर्नका लागि एक उच्चस्तरीय अधिकार प्राप्त कार्यदल गठन गर्न आग्रह गरेका छन् ।

निर्माण व्यवसायी संगठनले सोमबार राजधानीमा आयोजना गरेको भौतिक पूर्वाधारको विकास र नेपाली निर्माणमा व्यवसायीको अवस्था विषयक अन्तरक्रिया तथा छलफल कार्यक्रममा व्यवसायीहरुले निर्माण व्यवसायका विविध समस्या र चुनौतीहरुलाई सम्बोधन गर्नका लागि उच्च स्तरीय अधिकार प्राप्त कार्यदल बनाई अध्ययन तथा व्यापक छलफलको आधारमा विस्तृत कार्ययोजना तयार गर्नु पर्ने बताएका हुन् ।

देशभर १५ हजार भन्दा बढी साना र ठूला निर्माण व्यवसायी रहेको बताउँदै उनीहरुले विभिन्न वर्गका व्यवस्थाबीच तालमेल मिलाउनु पर्ने दस्तावेजमा उल्लेख गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.