सुबिसुले ल्यायो दशैं–तिहार विशेष अफर, अब इन्टरनेट वा क्लियर टिभि सेवा रु. ९९ मा

  २०७६ भदौ २९ गते १७:०५     विकासन्युज

सुबिसु केबलनेट प्रा. लि. ले दशैं, तिहारको अवसर पारेर मात्र ९९ रुपैयाँमा इन्टरनेट वा क्लियर टिभि सेवा प्रदान गर्ने भएको छ । उक्त कम्पनीले इन्टरनेटको माध्यम बाट सर्व–सुलभ मूल्यमा ग्रहकहरुले एकआपसमा खुसी साट्न पाउँन भन्ने उद्देश्यले न्युनतम मूल्यमा आफ्नो सेवा बजारमा ल्याएको दाबी गरेको हो ।
यस प्याकेज अन्तर्गत ग्राहकहरुले कर सहित मात्र९९ रुपैयाँ मा एक महिनाको लागि ३० एमबिपिएस इन्टरनेट सेवा अथवा सोहि मूल्यमा क्लियरटिभि प्रिमियम प्याकेज प्राप्त गर्नेछन् । सो प्याकेजमा७५ भन्दा बढी एच. डी च्यानल तथा २७५ भन्दा बढी डिजिटल च्यनलहरु रहेका छन् ।
साथै,कर सहित १९८रुपैयाँमाग्राहकहरुले इन्टरनेट र क्लियर टिभि कम्बो प्याकेज सेवा प्राप्त गर्न सक्छन् । उक्त प्याकेजमा २५ एमबिपीएस इन्टरनेट र क्लियर टिभि प्रिमियम प्याकेजहरु रहनेछ । कम्पनीले सो सेवाहरु सिमितहरु अवधिका लागि मात्र रहने जनाएको छ ।
सुबिसु केबलनेट प्रा. लि.
सुबिसु केबलनेट प्रा. लि.ले केबल तथा डिजिटल टिभी सेवा, कन्जुमर इन्टरनेट, इन्टरप्राइज इन्टरनेट, एम.पि.एल.एस भि.पि.एन.एसव्यानएथर्नेट, होलसेल आइ.पि ट्रान्जिट, एम.भि.पि,डाटा सेन्टर सोलुसनजस्ता सेवातथाबिजनेस सोलुसन ग्राहकलाई दिदै आएको छ ।
क्लियर टि.भि
यस्तै, सुबिसु केबलनेट प्रा. लि., नेपालको एक अग्रणी केबल टेलिभिजन, इन्टरनेट र नेटर्वक सेवाप्रदायक रहेको कम्पनीले दाबी गरेको छ। यो नेपालको पहिलो डिजिटल केवल टेलिभिजन सेवाहो । सोही सेवा प्रयोग गरीएमपिइजि फोर स्ट्याण्डर्ड डेफिनेसन र हाई डेफिनेसन च्यानल केबल मार्फत, कन्डीसनल एसीस सिस्टम (सिएएस)को उपयोग गर्दै सेट अप बक्सको माध्यमबाट टिभी प्रसार गर्दै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.