१७ अंकले घट्यो नेप्से, सबै समूहकाे सूचक राताम्मे

  २०७६ भदौ २९ गते १५:५९     विकासन्युज

काठमाडौ । आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक १७.८७ अंकले घटेको छ । १.५४ प्रतिशतले घट्दा नेप्से परिसूचक ११४०.०१ बिन्दुमा पुगेको हो ।

आइतबार १६२ कम्पनीकाे १० लाख ९० हजार २ सय १८ कित्ता सेयर २८ करोड ८० लाख ९९ हजार ९ सय १२ रुपैयाँको कारोबार भएको छ । नेप्सेकाे सबै समूहगत परिसूचक घटेकाे छ ।

बैक समूह १९.६९, होटल समूह २४.२४, विकास बैक समूह १५.२९, जलविद्युत समूह १६.७४, वित्तीय समूह ४.८९, निर्जीवन बीमा समूह ५८.२५, उत्पादन मूलक समूह २७.९३, अन्य समूह ४.९४, माइक्रोफाईनान्स समूह १९.४६, जीवन बीमा समूह ६६.०८ र म्युचुअल फण्ड समूह ०.०८ अंकले घटेका छन् ।

रिलायन्स फाइनान्स लिमिटेडका लगानीकर्ताले ३.५१ प्रतिशतले सबैभन्दा धेरै आर्जन गरेका छन् । यस्तै, गणपति माइक्रोफाईनान्स वित्तीय संस्था लिमिटेड लगानीकर्ताले ८.३८ प्रतिशतले सबैभन्दा धेरै घाटा व्यहोरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.