विकासन्युज समाचार प्रभावः निःशुल्क वा सित्तैमा भन्दै ‘बीमा’ काे भ्रामक प्रचारमा राेक

  २०७६ भदौ २६ गते १५:२३     विकासन्युज

काठमाडौ ।  निःशुल्क बीमा सेवा दिने भन्दै भ्रामक प्रचार प्रसार नगर्न बीमा समितिले सम्बन्धित सबैलाइ निर्देशन दिएकाे छ । पछिल्लाे समय बैंक तथा वित्तीय संस्था, व्यवसायिक घरानाहरूले बीमा सेवा सित्तैमा वा निःशुल्क भन्दै विज्ञापन गर्न थालेकाे थियाे ।

सित्तैमा वा निःशुल्क बीमा भनि भ्रामक प्रचार प्रसार गर्दा बीमा कम्पनीहरूलाइ व्यवसाय विस्तार गर्न सकस भएकाे समाचार विकासन्युजमा प्रकाशित भएकाे थियाे । पछिल्लो समय बैंकमा निक्षेप राख्दा वा बैंकबाट कर्जा लिँदा बीमा सित्तैमा हुन्छ भन्ने सन्देश बजारमा गएको र बीमा कम्पनीहरुले सर्बसाधारणलाई बीमा गर्नुपर्छ भन्दा पनि सित्तैमा गर्ने भए मात्र बीमा गर्छु भन्ने तर्क गर्न थालेका बीमकहरुको भनाई छ ।

समितिले गत जारी गरेकाे निर्देशिकामा  विभिन्न उद्योग, व्यवसाय गर्ने बैंक तथा वित्तीय संस्थाहरुले आफ्नो व्यवसायिक कारोबार गर्दा निःशुल्क बीमा वा सित्तैमा भन्ने शब्द प्रयोग गरी सम्झौता गराउन नपाउने उल्लेख गरिएकाे छ । कुनै कम्पनी, उद्याेग वा संस्था, बैंक तथा वित्तीय संस्थाले बीमा सेवा मिश्रण गरी बस्तु तथा सेवा दिँदा बीमा गराइने कम्पनीको नाम अनिवार्य रुपमा उल्लेख गर्नु पर्ने निर्देशन जारी गरेको हो ।

बैंकले निःशुल्क बीमा गराउँदा बीमा कम्पनीलाई सकस, कहिलेसम्म पाइन्छ सित्तैमा बीमा ?

त्यस्तै, बीमा समितिले जीवन बीमा व्यवसाय गर्ने कम्पनीहरुको आर्थिक स्थितिको लेखाजोखा र दायित्व मूल्याङ्कन(एक्चुरी भ्यालुएसन टेष्ट) सम्बन्धी निर्देशिका जारी गरेको छ । ‘समितिले आर्थिक स्थितिको लेखा जोखा र दायित्वको मूल्याङ्कन सम्बन्धी निर्देशिका’-२०६५, लाई समय सापेक्ष परिमार्जन गर्ने उदेश्यले‘बीमाङ्कीय मूल्याङ्कन सम्बन्धी निर्देशिका’, २०७६ जारी गरेको हो ।

प्यान अनिवार्य हुने
आर्थिक वर्ष २०७६/७७ को बजेट बक्तव्यमा एक व्यक्ती एक स्थायी लेखा नम्बर भन्ने उल्लेख छ । सोही बमोजिम आय कर ऐन, २०५८ तथा आय कर नियमावली, २०५९ मा स्पष्ट व्यवस्था भए बमोजिम सम्र्पूण बीमकका बीमा अभिकर्ता, बीमा सर्भेयर र कर्मचारीहरुलाई स्थायी लेखा नम्बर लिनु पर्ने बीमा समितिले जारी गरेको निर्देशनमा उल्लेख छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.