मनिग्रामको दशैं लक्षित नयाँ योजना घोषणा, तीन महिना अवधि, पैसा पठाउँदा दोब्बरसम्म भुक्तानी पाउनसक्ने

  २०७६ भदौ २६ गते १४:०४     विकासन्युज

काठमाडौं । विश्वव्यापी कार्यक्षेत्र भएको अन्तर्राष्ट्रिय रेमिट्यान्स सेवाप्रदायक संस्था मनिग्रामले दशैं तिहारलक्षित नयाँ योजना सार्वजनिक गरेको छ । वैदेशिक रोजगारी, शिक्षा लगायतका कारणले विदेश गएकाहरुले आफ्ना परिवारलाई रकम पठाउँदा मनिग्रामको सञ्जाल प्रयोग गर्ने ग्राहकलाई दोब्बरसम्म भुक्तानी दिने योजनासहित मनिग्रामले नयाँ कार्यक्रम घोषणा गरेको हो ।

विहीबार राजधानीको होटल याक एण्ड यतिमा आयोजित पत्रकार सम्मेलनमा मनिग्रामका लागि भारतीय उपमहाद्विप, इन्डो-चाइना र मलेसियाका लागि क्षेत्रीय प्रमुख शेसागिरी मालियाह र मनिग्रामकी एशिया प्यासिफिक, दक्षिण एशिया र मध्यपूर्व क्षेत्रकी मार्केटिङ प्रमुख सब्रिना चानले सो कार्यक्रमको घोषणा गर्दै मनिग्रामले यसअघि मे महिनादेखि जुलाई महिनासम्म सञ्चालन गरेको कार्यक्रम विजेता बनेका २४ जनालाई पुरस्कार समेत प्रदान गरेका थिए ।

बिहीबारको कार्यक्रममा रामेश्वर बस्नेत, सीता पुन, बीरबहादुर गुरुङ, गोपालबहादुर अधिकारी, सीता कामी, मदन रानाभाट, बिनु सुनार विक, सन्तोष पौडेल, मिलन कार्की, रमेशचन्द्र खनाल, गणेश चन्द, खुस्बु रजत र गीता श्रेष्ठ र उनका परिबारले त्यस्तो पुरस्कार प्राप्त गरेका हुन् ।

दशैं तिहारको अवसरमा मनिग्रामले घोषणा गरेको उक्त कार्यक्रम यही भदौ १५ गतेबाट सुरु भएको छ भने मंसिर १४ गतेसम्म सञ्चालन हुनेछ । यो अवधिभित्र मनिग्राम नेटवर्क प्रयोग गरी पैसा पठाउने र प्राप्त गर्नेले लक्की ड्रका आधारमा आफूले पठाएको रकमको दोब्बर रकम प्राप्त गर्न सक्नेछन् ।

कार्यक्रममा बोल्दै मनिग्रामका लागि भारतीय उपमहाद्विप, इन्डोचाइना र मलेसियाका लागि क्षेत्रीय प्रमुख शेसागिरी मालियाहले मनिग्रामले सुरक्षित र भरपर्दो माध्यमबाट रेमिट्यान्स प्रवाह गर्दै नेपालको आर्थिक अवस्था र सामाजिक सांस्कृतिक अझ मजबुत गर्न सहयोग पुर्याउँदै आएको बताए ।

त्यस्तै, मनिग्रामकी एशिया प्यासिफिक, दक्षिण एशिया र मध्यपूर्व क्षेत्रकी मार्केटिङ प्रमुख सब्रिना चानले मनिग्रामले परिवारहरुलाई दोब्बर खुसी दिँदै आएको भन्दै नेपालले घोषणा गरेको भ्रमण वर्ष २०२० सफल पार्न समेत मनिग्रामले सहयोग गर्ने बताइन् ।

मनिग्रामले विश्वका २०० भन्दा बढी देशहरुमा आफ्नो सम्पर्क सञ्जाल स्थापित गरेको छ । ती सबै देशका जुनसुकै स्थानबाट समेत यो नेटवर्कमो मध्यमबाट रकम आदानप्रदान गर्न सकिनेछ । नेपालमा मनिग्रामको नेटवर्कमा युनाइटेड रेमिट, आईएमई, प्रभु मनि ट्रान्सफर, हिमाल रेमिट, सम्सारा रेमिट र सिटी एक्सप्रेस मनि ट्रान्सफर आवद्ध छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.