क्यानकाे बजेट ४६ अर्ब, तीन विमानस्थलका लागि २३ अर्ब विनियाेजन

  २०७६ भदौ २५ गते ७:५०     विकासन्युज

काठमाडाैं । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले चालु आर्थिक वर्ष २०७६/०७७ का लागि ४६ अर्बको बजेट बनाएको छ।  प्राधिकरण स्रोतका अनुसार चालु वर्षका लागि ४६ अर्ब ९६ करोड बजेट प्रस्ताव गरिएको हाे।

प्राधिकरण सञ्चालक समितिबाट पारित भइसकेको बजेट मन्त्रीको हस्ताक्षर हुनमात्र बाँकी रहेको स्राेतले जनाएकाे छ। यो वर्षको बजेटमा प्राधिकरणले पूरानै आयोजनाका लागि प्रसस्त बजेट विनियोजन गरेको छ।  स्रोतका अनुसार चालु वर्षका लागि प्राधिकरणले तीन ठूला आयोजनाका लागि मात्र आधा बजेट विनियोजन गरेको छ।

निर्माणाधिकन पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल, भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल र निजगढ अन्तर्राष्ट्रिय विमानस्थल आयोजनाका लागि झन्डै २३ अर्ब विनियोजन गरिएको छ। क्यानको अघिल्लो वर्षको बजेट ४५ अर्ब १७ करोड थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.