सनराइज फस्र्ट म्युचुअल फण्डले दश करोड इकाई बिक्री गर्ने, बोर्डबाट पायो अनुमति

  २०७६ भदौ २३ गते १८:२२     विकासन्युज


काठमाडौँ । सनराइज बैंक लिमिटेडद्धारा स्थापित सनराइज म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने ‘सनराइज फस्र्ट म्युचुअल फण्ड’ योजनाले एक अर्ब रुपैयाँ बराबरको सामुहिक लगानी कोष (म्युचअल फण्ड) योजनाका इकाईहरु बिक्रीमा ल्याउने भएको छ ।

नेपाल धितोपत्र बोर्डले भदौ २३ गते उक्त संस्थालाई सो मात्राको फण्ड जारी गर्न अनुमति दिएको हो । कोष सुपरिवेक्षकहरुमा चण्डीप्रसाद श्रेष्ठ, कृष्णबहादुर मानन्धर, बुद्धिप्रसाद आचार्य, प्राध्यापक पूर्णमान शाक्य र सिए सुधिरकुमार शर्मा रहेका छन् ।

बोर्डको अनुमति पाएसँगै संस्थाले कोष व्यवस्थापक सनराइज क्यापिटलमार्फत अंकितमूल्य १० रुपैयाँको १० करोड इकाई बिक्री गर्न लागेको कम्पनीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.